राष्ट्रिय युवा परिषदका सदस्य बिनोद शाही ठकुरीको नेतृत्वमा जाजरकोटमा युवा स्वयंसेवक परिचालन

राष्ट्रिय युवा परिषदका सदस्य बिनोद शाही ठकुरीको नेतृत्वमा जाजरकोटमा युवा स्वयंसेवक परिचालन

जाजरकोट :राष्ट्रिय युवा परिषदले कर्णाली प्रदेशको जाजरकोटमा युवा स्वयंसेवक खटाएको छ।
जाजरकोट भूकम्प पिडितहरुका अस्थायी घर/टहरा निर्माण गर्न परिषदले स्वयमसेवकहरु परिचलान गरेको हो ।

जाजरकोट जिल्लाको बिकट ठाउँमा गएर राष्ट्रिय युवा परिषदका सदस्य विनोद शाही ठकुरीको नेतृत्वमा स्वयंसेवकलाई परिचालन गरि मद्दत गरिएको बताइएको छ ।

हाम्रो उदेश्य स्वयंसेवक उत्पादन गर्ने हो, उत्पादन संगै स्वयंसेवकको पहिचान गरि अभिलेख राखिने र आवश्यक रहेको खण्डमा भोलिका दिनमा बिपदमा उद्दार गर्न परिचालन गर्न सहज हुने
परिषद सदस्य शाहीले बताए ।

स्वयंसेवक परिचालनले स्थानीय खुसी भएको र यसलाई निरन्तरता दिन स्थानीय युवालाई उत्प्रेरित गरिएको हो उनले बताए ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको परिषदले विभिन्न रचनात्मक युवा लक्षित कार्यक्रम गर्दै आएको छ।

Leave a Reply