कर्मचारी संगम अछाम द्वारा कर्मचारीहरुलाइ स्वागत

कर्मचारी संगम अछाम द्वारा कर्मचारीहरुलाइ स्वागत

कर्मचारी संगम अछाम द्वारा अछाम जिल्ला स्थित विभिन्न सरकारी कार्यालयमा सरुवा भएर आएका कर्मचारी हरुलाइ स्वागत गरिएको छ ।

कर्मचारी संगम अछामका अध्यक्ष झनकराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा

जिल्लामा विभिन्न कार्यालयमा नयाँ आउनु भएका कर्मचारी हरुलाइ प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले खादा र टीका लगाएर स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले सम्बन्धित कार्यालय बाट प्रवाह हुने सेवामा  नागरिकलाइ असहज नहुने गरि सेवा दिनुपर्ने बताए ।

स्वागत कार्यक्रमको संचालन संगमका उपाध्यक्ष खकेन्द्र सोडारीले गरेका थिए ।

कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालयका प्रमुख ,सुरक्षा निकायका प्रमुख हरुको सहभागीता रहेकोे थियो ।

           

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *