अछामको ढकारीमा भिरबाट लडेर घाईते गर्भवती महिलाको  हेलिकप्टर मार्फत उद्धार

अछामको ढकारीमा भिरबाट लडेर घाईते गर्भवती महिलाको  हेलिकप्टर मार्फत उद्धार
सुशील भण्डारी,अछाम : अछाममा भिरबाट लडेर घाईते भएका एकजना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर बाट उद्धार गरिएको छ ।
 जंगलमा घाँस काट्ने क्रममा घाईते भएकी ढकारी गाउँपालिका वडा नम्बर ७ का ३४ बर्षिय कलधरी थापाको उद्धार गरिएको हो । थापा सोमबार घरबाट करीब ५०० मिटर टाढा रहेको बड्डोखोला जंगलमा घाँस काट्न गएकि थिइन। साझसम्म घर नफर्किएपछी मंगलबार खोजिकार्य गर्दा  भिरबाट लडेर अचेत अवस्थामा फेला पारेको ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउँदले बताए  ।
भिरबाट एक सय मिटर तल खसेकी थापाको ढकारी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि हेलिकप्टरमा बाहिर पठाईएको अध्यक्ष साउँदले बताए ।
 घाईते ५ महिनाकी गर्भवती समेत रहेकी थापालाई हेलीकप्टर मार्फत तत्कालै उद्धार गर्नपर्ने भएकोले महिला बालबालिका  तथा राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलीकप्टरमा थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिए । थापाको टाउको निधार र बाँया खुट्टामा चोट लागेको छ ।

Leave a Reply