नागरिकका गुनासो सुन्न गाउँमा प्रहरी प्रशासन

नागरिकका गुनासो सुन्न गाउँमा प्रहरी प्रशासन

सुशील भण्डारी,अछाम ३० मंसिर : जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला प्रहरी कार्यालयले नागरिकका समस्या सुनुवाइका लागी अछामका १० वटै  स्थानीय तहहरुमा अन्तरक्रिया तथा छलफल कार्यक्रम अगाडि सारेको छ ।

शुक्रबार जिल्लाको ९ औं पालिकाको रूपमा चौरपाटी गाउँपालिकामा जिल्ला प्रशासन र प्रहरी प्रमुख आफ्नो मातहत र कार्यालयबाट प्रदान गर्ने सेवा र नागरिकका गुनासो तथा जिज्ञासा सुन्न  गाउँपालिका पुगेको हो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाट प्रदान हुने सेवा, कामकारबाही सहजिकरण, विधमान ऐन कानुन निर्देशिका कार्यविधि लगायत विषयमा  गाउँपालिकाका नागरिक हरुलाइ प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी गराएका थिए ।

जिल्ला प्रशासन कार्यालय बाट प्रदान हुने सेवा र
समाजमा रहेका विद्यमान कुरीति कुसंस्कारहरूको विरुद्धमा सबैलाई सचेत पार्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम सबै पालिका हरुमा आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेल बताउनुभयो ।

कार्यक्रममा स्थानीय नागरिक तथा स्थानीय तहका जनप्रतिनिधिहरुले नागरिकता, महिला हिंसा,बालबिवाह,छुवाछूत,लागु औसध लगायत समाजिक कुसंस्कारलाई न्यूनीकरण गर्न सुरक्षा निकायको महत्वपूर्ण भुमिका भएकोले सहयोग गर्नुपर्ने बताएका थिए ।

लागु औषधका घटना बढ्न थालेपछि अछाम र डोटी जिल्लाको सिमाना चौखुट्टे र दैलेख अछामको सिमाना बेलखेतमा सुरक्षा ब्यवस्थापन कडि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।

शान्ति सुरक्षा सहित समाजमा हुने अपाराधिक क्रियाकलाप हुन नदिन प्रहरी लागिपरेको बताउँदै प्रहरी नायब उपरीक्षक पाठकले भौगोलिक रूपमा अछाम जिल्ला बिकट भएको र  जिल्लामा प्रहरीको जनशक्ति पनि कम भएकोले प्रहरी सबै ठाउँमा पुग्न नसक्ने बताए । कुनै अपराधीक क्रियाकलाप भएको थाह पाए तत्काल खबर गर्न पनि आग्रह गरेका हुन् ।

समाजमा रहेका विद्यमान कुरीति कुसंस्कारहरूको विरुद्धमा सबैलाई सचेत पार्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम आवश्यक रहेकोले गाउँपालिकाले बृहत रुपमा सबै वडा हरुमा सचेततामुलक कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष भिमबहादुर साउदले बताए । अछामको चौरपाटी गाउँपालिका र डोटिको पुर्वीचौकी गाउँपालिका बीच समन्वय गरेर लागु औषध न्यूनीकरण र रोकथामका लागी कडाइका साथ अभियान संचालन गरिने समेत बताए ।

त्यस्तै जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवरले अछाम जिल्लामा लागु औषधले उग्र रुप लिएकोले यसको रोकथाका लागी सबैले एकताबद्ध तरिकाले लाग्नुपर्ने बताए । अभिभावक हरुले पनि आफ्ना बालबालिका हरु प्रति ध्यान दिनुपर्ने समेत बताए ।

Leave a Reply