अछाम अस्पतालमा राजनीतिक गन्ध,जनताको सेवामा खटिएका मेसुको दुई महिनामै काज फिर्ता

अछाम अस्पतालमा राजनीतिक गन्ध,जनताको सेवामा खटिएका मेसुको दुई महिनामै काज फिर्ता

अछाम : स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा राजनिती हुनु दुखद् कुरा हो । यस्तै राजनीतिक गन्ध अछाम जिल्ला अस्पतालमा मिसिएको छ ।

लामो समययदेखी करारमा निमीत्त मेसुले चलाईरहेको अस्पतालमा २०८० असोज २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (पुल दरबन्दी) रहेका मेडिकल अधिकृत (आठौं तहका) डाक्टर रवि कुमार यादवलाई मन्त्रालयले काजमा मुख्यमन्त्रि तथा मन्त्रीपरिषदको कार्यालय सुदुरपश्चिम प्रदेश वा अन्तर्गत काम गर्ने गरी पत्र पठाएपछि यादव लाई सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशले जिल्ला अस्पताल अछाममा निमित्त मेसुको रुपमा काम गर्ने गरि पठाएको थियो ।

लामो समयसम्म स्थायी दरबन्दी नभएको अस्पतालमा स्थायी कर्मचारीका रूपमा यादव  आएपछि अस्पतालबाट प्रवाह हुने सेवा जिम्मेवारी पुर्वक स्वच्छ र पारदर्शी रूपमा  प्रवाह हुँदै आएको जिल्ला अस्पतालमा कार्यरत कर्मचारी बताउँछन ।

केही राजनितिक दलको आफ्नो स्वार्थ पुरा हुन नसकेपछि मेसुको काज फिर्ता गर्न सक्रीए भएर लागेको बुझीन्छ । काजमा दुर्गममा काम गर्न गएका कर्मचारीको एक वर्षसम्म काज फिर्ता गर्न मिल्दैन तर मेसु यादवलाई काज फिर्ता गराउन नेकपा माओवादीका नेताहरु रात दिन मन्त्रालय धाउने गरेको पाईएको छ ।

आफु निकटको मान्छेलाई मेसुको जिम्मेवारी दिएर आफ्नो स्वार्थ पुरा गर्ने लोपले हाल कार्यरत स्थायी मेसुलाई काज फिर्ता गर्न नेताहरु लागिपरेका हुन् ।

जिल्ला अस्पताल ब्यस्थापन समिती अछामका अध्यक्ष पनि माओवादीका नेता हुन्। सुदुरपश्चिमको दुर्गम ठाउँमा अछामी जनाको स्वास्थ्य सेवा गर्न आएका कर्मचारीलाई समय नपुगेरै लखेटीनु दुर्भाग्य हो ।

जनताको सेवा गर्ने मनोभावनाका साथ सरकारले अछाम जस्तो ग्रामीण भेगमा पठाएकोमा निकै खुशि थिँए निमीत्त मेसु रवि कुमार यादवले भने दुई महिनामै पुनःस्वास्थ्य तथा जनसंख्या मन्त्रालय (पुल दरबन्दी)मा काज फिर्ता गरेको पत्र आएपछि एक्कासी झस्कीएको उनको भनाइ छ । उनि `भन्छन अछामी जनताको सेवा गर्नका लागि आएको थिँए ´यहाँ त राजनिती गन्धले स्वास्थ्य क्षेत्र दुर्गन्धीत बनेको  रैछ ।

लामो समयदेखी अस्पतालमा भईरहेको ब्यतिथि, अनियमिततालाई निर्मुल पार्न लागेको मेसुको माओवादीका नेताहरुले उल्टै काज फिर्ता गरेको खबरले पुरै अछाम तरंगित बनेको छ ।

मेसु यादव लाई काज फिर्ता गराएको पत्र :

 

Leave a Reply