कांग्रेस अछामको प्रथम जिल्ला सम्मेलनको तयारी पुरा, महामन्त्री शर्माले उद्घाटन गर्ने

कांग्रेस अछामको प्रथम जिल्ला सम्मेलनको तयारी पुरा, महामन्त्री शर्माले उद्घाटन गर्ने

अछाम : नेपाली कांग्रेस अछामले आयोजना गर्न लागेको प्रथम जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । सातौँ जिल्ला अधिबेशन पश्चात पहिलो पटक हुन लागेको प्रथम जिल्ला सम्मेलनको तयारी पुरा भएको कांग्रेस अछामले जनाएको छ ।

भोली सोमबार बिहान ११ बजे सुरु हुने प्रथम जिल्ला सम्मेलनको उद्घाटन कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले गर्ने   जिल्ला सभापती एवंम प्रतिनिधी सभा क्षेत्र नं. २ अछामका सांसद पुष्प बहादुर शाहले बताए ।

शाहका अनुसार प्रथम जिल्ला सम्मेलनमा सहभागी हुने महामन्त्री शर्मा आज बेलुका आईपुग्ने र अन्य अतिथि तथा कार्यक्रममा सहभागी हुनेहरु भोली बिहान सम्म मंगलसेन आईपुग्नेछन् ।

कार्यक्रममा अछामका १० वटै पालिकाबाट कांग्रेस नेता कार्यकर्ताहरुलाई जिल्ला सम्मेलनमा आमन्त्रण गरिएको सभापती शाहले बताए ।

कार्यक्रमका लागि मञ्च व्यावस्थापन, बास बस्नका लागि होटल व्यावस्थापन र ब्यानर तथा गे्ट निर्माणको काम सकिएको छ ।

Leave a Reply