नेपाली सेनाको गोरख बक्स गण द्वारा मैत्रीपुर्ण भलिबल प्रतियोगिता

नेपाली सेनाको गोरख बक्स गण द्वारा मैत्रीपुर्ण भलिबल प्रतियोगिता

अछाम: नेपाली सेनाको अछाम जिल्ला स्थित गोरख बक्स गणको आयोजनामा  मैत्रिपूर्ण भलिबल प्रतियोगितामा सम्पन्न भएको छ ।

गोरख बक्स गणको ब्यारेकमा अवस्थित खेल मैदानमा भएको खेलमा जिल्ला खेलकुद विकास समिती,नेपाल पत्रकार महासंघ अछाम , गोरख बक्स गण लगायत ४ वटा टिमको सहभागीता रहेकोे थियो ।

२३३ औँ बार्षिकउत्सवको अवसरमा मैत्रिपुर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको गणका गणपति प्रमुख सेनानी जनक सिलवालले बताए । गोरख बक्स गण अछाममा आए संगै विभिन्न बेला बखत रचनात्मक क्रियाकलाप गर्दै आएको छ ।

गोरख बक्स गणले आयोजना गरेको  मैत्रीपूर्ण भलिबल प्रतियोगिताले नेपाली सेना र नागरिक बिचको आपसी सत्भावलाई अझ प्रगाढ बनाउने गणपति सिलवालले बताए । नेपाली सेना र नागरिक बीचको मित्रतालाई साटासाट गरी  सम्बन्धलाई प्रगाढ  बनाई खेलकुद क्षेत्रको विकासमा टेवा पुगोस भन्ने उद्देश्यका साथ मैत्रिपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । खेलमा सहभागी टिमलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *