किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सदस्य परिवारलाई काजकिरिया खर्च उपलब्ध

किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सदस्य परिवारलाई काजकिरिया खर्च उपलब्ध

अछाम : किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मंगलसेन शाखाका शेयर सदस्य स्व जयन्ती तिमिल्सिनाको निधन पश्चात परिवारलाई काजकिरिया खर्च उपलब्ध गराएको छ ।
२०८० मंसिर १ गते असामयिक निधन हुनुभएका स्वर्गीय शेयर सदस्यको परिवारलाई संस्थाको सदस्य सुरक्षण कार्यक्रम अन्तर्त रु. २५००० काजकिरिया खर्च उपलब्ध गराएको हो ।

सो रकम संस्थाका नियम अनुसार मंगलसेन शाखा प्रमुख रमेश बहादुर सोडारिद्वारा १३ औं दिनको काजकिरियाकै क्रममा मृतकको घरमा पुगेर मृतकका परिवारलाई हस्तान्तरण गर्नुभएको छ ।

सदस्य सुरक्षण अन्तर्गत संस्थाले सदस्यका छोराछोरी को जन्मदेखी सदस्यको निधन सम्म तथा नेपाल सरकारले तोकेका घातक रोगको उपचार देखि सदस्यका छोराछोरीको अध्यनमा सहायताका लागि छात्रवृत्ति कार्यक्रम समेत संचालन गरेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत बिबिध कार्यक्रम गर्ने गरेको छ।

किसान बहुउद्देश्यीय सहकारी संस्था २०५२ सालमा कैलालिको लम्किमा स्थापना भइ हाल सुदुरपश्चिम प्रदेशका ६ जिल्ला तथा लुम्बिनी प्रदेशको बर्दिया जिल्ला बाट आफ्ना सेवाहरु प्रवाह गर्दै आइरहेको छ भने यस संस्थामा हाल करिब ७९००० शेयर सदस्य आवद्द रहेका छन । संस्थाले बिगत लामो समयदेखि बित्तिय तथा गैर बित्तीय सेवाहरु संचालन गर्दै आइरहेको छ। समृद्धिका लागि समुदाय संगसंगै भन्ने स्लोगनका साथ संस्था अगाडी बढिरहेको छ।

Leave a Reply