मुख्यमन्त्री शाहका पिताको जन्म उत्सवको अवसरमा अक्षयकोषमा सात लाख आर्थिक सहयोग

मुख्यमन्त्री शाहका पिताको जन्म उत्सवको अवसरमा अक्षयकोषमा सात लाख आर्थिक सहयोग

अछाम :सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका पुजनिय पिताको ८४ औं जन्मउत्सवको अवसरमा मोहन चन्द्र शान्ति अक्षयकोषको निर्णय गरि आर्थिक सहयोगको घोषणा गरिएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री शाहका पुजनिय पिता नेपाल प्रहरीका पुर्ब प्रहरी वरिष्ठ उपरीक्षक (SSP) मंगल बहादुर शाहको ८४ औं बसन्तको पुजा कार्यक्रममा माननीय मुख्यमन्त्री शाहले पुजनिय पिताको सतक आयु,सु-स्वास्थ्य एवम् दिर्घायुको कामना गर्नुका साथै आशिर्वाद ग्रहण गर्नुभएको थियो ।

उक्त ८४ औं बसन्तको पुजा समारोहमा पुजनिय पिताले आफ्नो जन्मभुमि अछाम जिल्लाको रामारोशन गाउपालिका वार्ड नम्बर ५ नेटाकोटमा अवस्थित यशोदा उच्च माध्यमिक बिद्यालयको स्तरोन्नतिका लागि मोहन चन्द्र शान्ति अक्षयकोषको निर्माण गरि उक्त गाउपालिकाका अति जेहन्दार,दुखी र निम्न आय भएका विद्यार्थी भाइ-बहिनीहरुको उज्ज्वल भबिस्यको कामनाका लागि उक्त कोष मार्फत  सात लाख रुपैया नगदसहित पुजामा तुलादान गरेको सम्पुर्ण रकम र प्रयोग भएका बहुमुल्य सामानहरु समेत कोष मार्फत दान गर्ने घोषणा गर्नुभएको छ।

आवस्यकता अनुसार थप सहयोग गर्ने शाहको घोषणा छ ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री माननीय झपट बहादुर साउद, रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउद लगायतको उपस्थित रहेकोे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *