सेवाग्राहिको चाप बढेपछि प्रशासन कार्यालय अछाममा साँझ सम्म सेवा प्रवाह

सेवाग्राहिको चाप बढेपछि प्रशासन कार्यालय अछाममा साँझ सम्म सेवा प्रवाह

अछाम ०७ मंसिर : जिल्ला प्रशासन कार्यालय अछाममा सेवाग्राहिको चाप बढ्न थालेपछि साझँ ६ बजेसम्म पनि सेवा दिने गरिएको छ ।

हिन्दु हरुको महान चाड बडा दशैं र शुभ दिपावलि सकिए संगै जिल्ला प्रशासन अछाममा सेवाग्राहीको भिड बढेको हो । नागरिकता, राष्ट्रिय परिचयपत्र,राहदानी बनाउने लगायतका प्राशासनिक कामको लागि सेवाग्राहीको प्रशासनमा भिड लाग्ने गरेको छ । बिहानै देखि सेवाग्राही लाईनमा बसेर पालो कुरिरहेको देख्न सकिन्छ । लामो समयदेखी रोजगारीको सिलसिलामा भारत गएका र काठमाँडौ लगायतका विभिन्न ठाउँहरुमा अध्यनको लागी गएका  विद्यार्थीहरु दशैँ तिहार मनाउन घर फर्केसंगैै विभिन्न कामको लागी जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राही हरुको भिड लाग्न थालेपछि साझँसम्म सेवा प्रवाह गर्ने गरिएको  प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो ।

दशैं, तिहार अघि सेवा लिनेको संख्या भन्दा अहिले सेवाग्राहीको संख्या बढेको उहाँको भनाई छ ।  दशै तिहार भन्दा पहिले नागरिकता लगायत विभिन्न खालका सेवा लिन आउने सेवाग्राहीको संख्या कम्तीमा १०० जना थियो भने अहिले नागरिकता लगायत अन्य सेवा लिन आउने सेवाग्राहिको संख्या ३०० बढी रहेको प्रजिअ पोखरेलले बताउनुभयो । सेवाग्राहिको संख्या ह्वात्तै बढ्न थालेपछि बेलुका ६ बजेसम्म पनि सेवा दिन थालिएको हो । जिल्लाको बिकट क्षेत्र भुलु ,रहफ,रिसीदह,खप्तड,कालेकाँडा ,बलाता जस्ता ठाउँहरुबाट सेवा लिन आउन सेवाग्राहीहरुलाई दुई दिनसम्म लाग्छ ।

टाढा—टाढा बाट आएका सेवागा्रही हरुलाई एकैदिनमा काम नभएपछि अर्काे दिनसम्म जिल्लामा बस्नुपर्ने र उनिहरुलाई खर्चिलो बढी हुने भएकोले उनिहरुको सहजताका लागि कार्यालय समय भन्दा ढिलासम्म पनि सेवा दिएर पठाईने गरिएको अछाम प्रशासनले जनाएको छ । कर्मचारी अभावका बाबजुद पनि टाढा टाढा बाट आउने सेवाग्राहिको काम समयमै हुन थालेपछि सेवा लिन आउने नागरिकहरु खुसीछन । कार्यालयमा कर्मचारी नहुँदा पनि कार्यालयबाट छिटो छरितो रुपमा  सेवा पाएको सेवाग्राही हरु बताउँछन । जिल्ला सदरमुककाम बाट टाढा रहेको कमलबजार नगरपालिका वडा नं. ७ सेराबाट आफ्नो श्रीमतीको नागरिकता बनाउन आएका दिपक जैसी बिहानै जिल्ला प्रशासनको सेवाग्राहीको लाईनमा देखीए । लाईनमा लागेको केही समयमै उनको पालो आयो । नागरिकता पाएपछि उनको श्रीमती खुशी भईन ।

समयमै जनतालाई सेवा दिएकोमा प्रशासनलाई धन्यवाद समेत दिईन । २०८० साउन ३१ गतेबाट जिल्ला प्रशासन कार्यालय अछाममा हाजिर भएका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले आफु आए लगत्तै आधा घण्टे सेवाको सुरुवात गरेका हुन । आवश्यक कागजात पुर्याएर सेवालिन आएका सेवाग्राहीहरुलाई लामो समयसम्म नकुराएर सेवा दिएर पठाउने गरेकाछन । .बिगत लामो समयदेखी अछाम प्रशासनमा कर्मचारीहरुको अभाव रहेको छ । दरबन्दी अनुसाा कार्यालयमा कर्मचारी नहुँदा एक मात्र ईलाका प्रशासन कार्यालय रहेको बिनायकमा कार्यरत कर्मचारीहरुले काजमा जिल्ला प्रशासन कार्यालयमा काम गरिरहेकाछन ।

ईलाका प्रशासन कार्यालय बिनायक भने कार्यालय सहयोगी दिनेश अधिकारीले चलाईरहेकाछन । ईलाका प्रशासन कार्यालयमा प्रशासकिय अधिकृतको दरबन्दी रहेको छ । पहुँच र शक्तिको आडमा सिंहदरबार वरिपरीका कार्यालयमा मस्त तरिकाले बस्न बानी परेका कर्मचारीहरु दुर्गम जिल्लामा आएर काम गर्न मान्दैन्न । दुर्गम जिल्लामा कामगर्न नआँउदा कर्मचारी अभाव हुन थालेको हो । जसको कारण नागरिकहरुले सहज र सरल रुपमा सेवा पाउन अफ्ठ्यारो हुने गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *