ठुलो संख्यामा नेपाली सेनाले माग्यो कर्मचारी (सूचनासहित)

ठुलो संख्यामा नेपाली सेनाले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं,८ मंसिर । नेपाली सेनाले ठुलो संख्यामा कर्मचारीको आवदेन खुल्ला गरेको छ ।

रिक्त रहेको पदपुर्तिको लागि सेनाको भर्ना छनोट निर्देशानलय जंगी अड्डाले आज एक सुचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुका लागि दरखास्त आह्वान गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्धारा पदपुर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् ।

फलोअर्स पदहरुको हकमा भने उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ ।

आजदेखि आवदेन खुल्ला भएको छ । दोब्बर दस्तुर तिरेर भने थप एक हप्तासम्म आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *