जिल्ला प्रहरी कार्यालय अछामद्वारा अटो चालकहरु संग अन्तरक्रिया

जिल्ला प्रहरी कार्यालय अछामद्वारा अटो चालकहरु संग अन्तरक्रिया

अछाम ० ७ मंसिर : अछाम जिल्लामा अटो रिक्सा चालकहरूले लापरबाहीका साथ अटो चलाउने, जथाभावी बाटो काट्ने र बीच सडकमै मोड्नेजस्ता कारणले गर्दा सडक दुर्घटना बढ्न थालेको छ । जिल्लाका विभिन्न ठाँउ हरुमा अटो सञ्चालनमा आएसँगै सर्वसाधारणको दैनिकी सहज भए पनि दुर्घटनाको जोखिम भने अत्यधिक देखिएको छ ।

दुर्घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय अछामले अटो व्यवसायी र अटो चालक हरु संग अन्तरक्रिया गरेको छ ।

जिल्ला भित्रका सम्पुर्ण अटो चालक हरुलाइ भेला गराएर सम्पुर्ण अटो चालक हरुलाइ यथाशीघ्र सवारी चालक अनुमति पत्र बनाउनुपर्ने ,जिल्ला भर संचालित अटोको भाडादरमा एक रुपता हुनुपर्ने ,क्षमता भन्दा बढी यात्रु नबोक्ने बारेमा सचेत गराइएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

गाउँ  गाउँका कच्ची बाटो हरुमा जथाभावी अटो चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेको छ । केहि दिन पहिले मात्रै जिल्लाको कमलबजार बाट दैलेख तर्फ जादै गरेको सु •प•प्र ०१००१ ह ५५४५ नम्बरको अटो मध्यपहाडी राजमार्ग अन्तर्गत टोट्केसालमा अटोको ब्रेक फेल हुँदा २ जना मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।

अटोले सर्वसाधारणमा केही सुविधा त ल्याएको छ नै यसले गर्दा कति युवाहरुले रोजगारी समेत पाएका छन् । यति हुँदा हुँदै पनि बढ्दो अटो सञ्चालन तथा चालकको लापरबाहीले निम्त्याएका बढ्दो दुर्घटना, ट्राफिक व्यवस्थापनमा कठिनाई जस्ता समस्याहरुलाई नजरअन्दाज गर्न सकिँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *