नेपाली काङ्ग्रेस अछामको उपसभापतिमा अर्जुन ताम्राकार चयन

नेपाली काङ्ग्रेस अछामको उपसभापतिमा अर्जुन ताम्राकार चयन

अछाम । नेपाली काङ्ग्रेस अछामको रिक्त रहेको उपसभापति पदमा नेपाली काङ्ग्रेसका नेता अर्जुन ताम्राकार चयन भएका छन् । मंगलबार मंगलसेनमा बसेको नेपाली काङ्ग्रेस अछामको पार्टी सभापति पुष्पबहादुर शाहको अध्यक्षतामा बसेको १६ औं कार्यसमिति बैठकले ताम्राकारलाई उपसभापतिमा चयन गरेको हो ।

पार्टी उपसभापति ताम्राकारले २०४६ को जनआन्दोलन देखि निरन्तर  नेपाली काँग्रेस पार्टीमा इच्छुक राख्दै आफ्नो राजनीतिक सुरु गरेकोका हुन्  । ३५ वर्षअघि नेविसँघ इकाई सभापति रहेका नेता ताम्राकारले २०५३ सालमा किसान संघको सचिव समेत भएका थिए ।

अछाममा समाजको हक हितका लागि आफ्नो जीवनमा समर्पण गर्दै आउनु भएका ताम्राकार २०५६ सालमा दलित संघ अछामको अध्यक्ष हुनु भएका ताम्राकारले   २०६२/०६३ सालमा भएको १९ दिने जनआन्दोलनमा जेलमा परेका थिए ।

२०६९ सालको नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि र २०७३ सालमा नेपाल दलित संघको केन्द्रीय सदस्य भैसकेका हुन्

२ वर्षअघि सम्पन्न भएको नेपाली काङ्ग्रेसको अधिवेशनबाट ताम्राकार महासमिति सदस्य पदमा निर्वाचित भएका हुन् ।

पार्टी उपसभापतिमा निर्वाचित भएका चन्द्रप्रसाद ढुंगानाले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो ।

Leave a Reply