अछाममा अटो दुर्घटना हुँदा २ जनाको मृत्युु

अछाममा अटो दुर्घटना हुँदा २ जनाको मृत्युु

अछाम : अछाममा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
कमलबजार बाट दैलेख तर्फ जादै गरेको सु •प•प्र ०१००१ ह ५५४५ नम्बरको अटो मध्यपहाडी राजमार्ग अन्तर्गत टोट्केसालमा अटोको ब्रेक फेल हुँदा सडक बाट ५० मिटर तल खसेको थियो ।

गम्भीर घाइते भएका अटो चालक कमलबजार नगरपालिका वडा नम्बर ४ का दिपक बोहरा र वडा नम्बर २ का जनक खड्काको उपचारको लागी जिल्ला अस्पताल अछाम ल्याउने क्रममा बाटोमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

दुर्घटनामा परि ४ जना घाइते भएका छन् घाइते हरुमा कमलबजार नगरपालिका वडा नम्बर ४ का दिनेश साउद ,सोही वडा लक्ष्मण थापा ,वडा नम्बर ८ का बिरेन्द्र बिष्ट ,सोही वडाका देबेन्द्र बिष्ट लाई उपचारका लागी प्राथमिक  स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरीले जनाएको छ । बुधबार राती १२ बजेको समयमा अटो दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *