पञ्चदेवल बिनायक नगरपालिका महिला बालबालिका  शाखा प्रमुख अधिकारीको निधन 

पञ्चदेवल बिनायक नगरपालिका महिला बालबालिका  शाखा प्रमुख अधिकारीको निधन 
अछाम २९ कात्तिक : पञ्चदेवल बिनायक नगरपालिका अछामका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख भावना आचार्य (अधिकारी) को निधन भएको छ ।
  उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा अधिकारीको निधन भएको पन्चदेवल बिनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउनेले जानकारी दिनुभयो । अधिकारी ब्ल्ड क्यान्सर बाट ग्रसित थिइन।
उनी पञ्चदेवल बिनायक नगरपालिकामा बिगत ५ वर्ष देखि महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखका रूपमा कार्यरत थिइन । उनका श्रीमान र एक छोरा छन् । अधिकारीको दु:खद निधनले सिङ्गो नगरपालिका दुखित बनेको नगर प्रमुख चलाउनेले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *