मोरङको एक  सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते, चारजनामा ५० प्रतिशतसम्म जलन

मोरङको एक  सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते, चारजनामा ५० प्रतिशतसम्म जलन

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित सुन पसलमा आगलागी हुँदा २८ जना घाइते भएका छन् । जसमा प्रहरीसहित स्थानीय छन् ।

दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतवार राति आगलागी भएको मोरङका प्रहरी डीएसपी रञ्जन दाहालले बताए ।

“घाइते हुनेमा चारजना प्रहरीसहित २८ जना हुनुहुन्छ । प्रहरी सहायक नीरिक्षकसहित चार प्रहरी कर्मचारी घाइते हुनुहुन्छ,” डीएसपी दाहालले  भने, “घाइते २८ जनाकै उपचार भइरहेको छ ।”

घाइतेमध्ये १२ जनाको झापाको विर्तामोडस्थित केएमसी मेडिकल कलेज र बाँकीको विराट नर्सिङहोमलगायत मोरङका तीनवटा अस्पतालमा उपचार भइरहेको छ ।

“घाइते हुने चारजनाको शरीरमा ४५ देखि ५० प्रतिशत जलन छ । बाँकीमा २० देखि २५ प्रतिशत जलन भएको चिकित्कबाट जानकारी प्राप्त भएको छ,” डीएसपी दाहालले भने ।

आगलागी लक्ष्मिपूजा गर्दा बालेको बत्तीबाट भयो अथवा विद्युत् सर्ट भएर भयो भन्नेबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

baahrakhari.com बाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *