महाकवि देवकोटाको ११५ औं जन्मजयन्तीको अवसरमा देवकोटमा वृहत साहित्यिक कार्यक्रम

महाकवि देवकोटाको ११५ औं जन्मजयन्तीको अवसरमा देवकोटमा वृहत साहित्यिक कार्यक्रम

अछाम, कार्तिक २६ :महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीको अवसरमा श्री त्रिपुरा सुन्दर माद्यामिक बिद्यालय ढकारी ८ देवकोटमा वृहत साहित्यीक कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य  पुष्प बहादुर शाह रहनु भएको थियो । प्रमुख अथितीको आसन बाट बोल्दै शाहले यस्ता कार्यक्रमले समाजका बिकृती बिसंगती अन्त्य गर्न सहयोग पुर्याउनुका  साथै भाषा कला साहित्य तथा संस्कृतीको संरक्षण हुने भएकोले कार्यक्रम लाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।

अछामको बिकासका लागी आफु सदबै सक्रिय भएको र तत्कालिन समयमा बि.सं २०२८ सालमा हरि प्रसाद भण्डारीले परिकल्पना गरेको चिसापानी जंगलघाट मंगलसेन सडकका निर्माणका लागी पहल गरिरहेको बताउनुभयो ।

सो करिडोर निमार्णका लागी ५ अर्ब १८ करोड रकम बिनियोजन भएको समेत जानकारी गराउनु भयो । कार्यक्रमका बिशिष्ट अथितीको रूपमा बोल्दै  ढकारी गाँउपालिकाका अध्यक्ष प्रकाश बहादुर साँउदले भाषा कला साहित्य र संस्कृतीको जगेर्नामा टेवा पुगोस भन्ने उदेश्यले पालिकाले यस बर्ष पाँच लाख रकम बिनियोजन गरेको र  केहि दिनमै पालिकामा बृहत साहित्यीक कार्यक्रम गर्ने योजना रहेको बताउनु भयो ।
कार्यक्रममा रचना बाचन अन्र्तगत कविता बाचन र गजल बाचन गरी दुई खण्डमा बाँडिएको थियो । कमल राज केसी हिमाल उदासी, मनोज विवस,  झनक अधिकार् बारुद ,मिन सरोबर साँउद, पहल असीम, राम अबिरल बिष्ट, मिलन मधुभाषी, लक्ष्मण संगम, जनक रावत अनुराग, खगेन्द्र उपाध्याय लगायत अछामका बिभिन्न साहित्यीक श्रष्टाले रचना बाचन गरेका थिए । कार्यक्रमको सञ्चालन जनक प्रसाद उपाध्यायले गर्नु भएको थियो

Leave a Reply