ठाटिकाँधमा दोस्रो अध्यक्ष कप उद्घाटन

ठाटिकाँधमा दोस्रो अध्यक्ष कप उद्घाटन

सुर्खेत । ठाटिकाँध गाउँपालिकामा गाउँपालिका दोस्रो अध्यक्ष खुल्ला भलिभल कप प्रतियाेगिता उद्घाटन भएकाे छ । प्रतियाेगिता ठाटिकाँध गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाही काे प्रमुख आतिथ्यतामा खेल संचालन भएकाे छ ठाटिकाध गाउँपालिका अध्यक्ष शाहले पानसमा बत्ती बालेर तथा सर्भिस गरेर खेलकाे उद्घाटन गरेका थिए ।

खेलमा सहभागी भईसकेपछि जित र पराजित भन्ने कुरा हुन्छ खेलाडिहरुले मित्रवत तरिकामा अनुशासित भएर खेल खेल्नुहुनेछ भने अपेक्षा लिएकाे छु भन्दै अध्यक्ष शाहले खेलकाे शुभकामना दिएका हुन । हाम्रो अनुशासन नै खेलकुदकाे लागि मुख्य कुरा भएकाेले अनुसशासित र सभ्यताका साथ खेल्न अध्यक्ष शहले बताए दाेश्राे अध्यक्ष कप खेलकाे ठाटिकाँध स्थित राजनितिक दल, जिल्ला खेलकुद बिकास समिति सचिब भुपेन्द्र शाहि, ठाटिकाँध खेलकुद बिकास समिति अध्यक्ष दिक्पाल कुमार शाही ले शुभकामना दिएका थिए ।

भलिबल प्रतियोगितामा ८ वटा टिमकाे सहभागिता भयकाे तथा चतुर्दशि तिथिकाे राति वा २६ गते राति ठाटीकाँधमा लाग्ने मेलालाई अबसर पारेर मेलाकाे समापन संगै कार्तिक २७ गते खेलकाे समापन गर्ने गरि खेलकाे आयाेजना गरिएकाे ठाटिकाँध गाउँपालिका कार्यक्रम संयाेजक भुपेन्द्र बहादुर शाहीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *