जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई चौरपाटी गाउँपालिकाद्वारा २ लाख सहयोग

जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई चौरपाटी गाउँपालिकाद्वारा २ लाख सहयोग

अछाम : अछामको चौरपाटी गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई २ लाख सहयोग गर्ने भएको छ।

गाउँपालिकाको २० गते बसेको कार्यापालिका बैठकले जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद ब्यावस्थापन समितिको कोषमा एक एक लाख रुपैया दिने निर्णय भएको गाउँपालिका अध्यक्ष भिम बहादुर साउदले बताए ।

भुकम्पका कारण ती २ जिल्लामा कयौं भौतिक संरचना ठुलो क्षति पुगेको उक्त भूकम्प प्रभावित क्षेत्रका प्रभावितहरुलाई उद्दार, उपचार, राहतका लागि सद्भाव स्वरुप २ लाख रूपैयाँ दिने निर्णय भएको अध्यक्ष साउदले बताए ।

जाजरकोट जिल्लाको बारेकोट गाँउपालिका वडा न. १ रामीडाडाँ केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण २ जिल्लामा १ सय ५७ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *