भुकम्प पीडितलाई मंगलसेन नगरपालिकाले २ लाख सहयोग गर्ने

भुकम्प पीडितलाई मंगलसेन नगरपालिकाले २ लाख सहयोग गर्ने

अछाम:अछामको मंगलसेन नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई २ लाख सहयोग गर्ने भएको छ।

जाजरकोट जिल्लाको बारेकोट गाँउपालिका वडा न. १ रामीडाडाँ केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण ठूलो संख्यामा मानविय तथा भौतिक क्षतिका साथै सयौं व्यक्तिहरु घाईते भएका छन् ।
उक्त भूकम्प प्रभावित क्षेत्रका प्रभावितहरुलाई उद्दार, उपचार, राहत र पुनस्थापनाका लागि २ लाख सहयोग गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *