लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न 

अछाम : जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा लागु औसध विरुद्धको महाअभियान २०८०  अन्तर्गत लागू औसध सम्बन्धि जिल्ला स्तरीय समिति गठनका पदाधिकारीहरुको उपस्तिथिमा जिल्लामा रहेका स्थानीय तह ,क्याम्पस र विधालयमा अध्यनरत विद्यार्थी हरुलाइ सचेततनामुलक कार्यक्रमम संचालन गर्नका लागी  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले युवा पुस्ता लागु औषध दुर्व्यशनीमा  फसेका र त्यो जालो बाट युवाहरूलाई उम्काउन निकै सकस परेकोले समयमै सबैले आआफ्न ठाँउ बाट नियन्त्रण गर्न लाग्न जरुरी रहेको  बताउनुभयो  । लागु औषध तथा हिंसात्मक गतिविधि न्यूनीकरण गर्नका लागी नगरपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कमि नहुने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जिल्लामा लागु औषध सेवनले सेवनगर्ने ब्याक्ती संगै सिङ्गो समाजलाई असर पुग्ने गरेकोले यसबाट सचेत हुनुपर्ने प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो । त्यस्तै उहाँले छाउपडी,बालबिवाह लगायतका कु-प्रथाको कारणले पनि समाजमा हिंसा बढ्दै गएकोले यता तर्फ पनि सरोकारवालाले ध्यान दिएर यस्ता कुप्रथा विरुद्ध अभियान चलाउनुपर्ने बताउनुभयो ।

प्रहरी र नागरिकको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले बताउनुभयो  । कुनै पनि घटना हुनुपुर्ब र भैहाले पछि पनि प्रहरीलाई तत्काल खबर गर्न सके त्यसबाट हुने जोखिम तथा क्षतिलाई कम गर्न सकिने बताउनुभयो ।  नागरिकको सुरक्षामा आफुहरु प्रतिबद्ध रहेको भन्दै समयमै सुचना दिएर सघाउन आग्रह गर्नुभयो  ।

बिद्यालय तहदेखि नै बिधार्थीहरु कुलतमा फस्दा यो समस्या दैनिक रुपमा बिकराल बन्दै गएको छ । यस क्षेत्रका ठुलो संख्यामा युवा पुस्ता नै लागुऔषधको दलदलमा फस्दा यसको नियन्त्रण गम्भिर र चुनौतिको बिषय बनेको छ ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग अछामका प्रमुख गोबिन्द पाण्डे ,जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगाना लगायत सरोकारवालाहरुको उपस्तिथि रहेकोे थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *