असाय तथा टुहुरा बालबालिकालाई नगर प्रमुख कुवँरको आर्थिक सहयोग

असाय तथा टुहुरा बालबालिकालाई नगर प्रमुख कुवँरको आर्थिक सहयोग

अछाम : अछामको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नगर भित्रका आमाबुबा गुमाएका टुहुरा ,विपन्न र  शारीरिक रूपमा अपाङ्ग भएका बालबालिकालाई आर्थिक सहयोग गरेकाछन।

नगर प्रमुख कुँवरले बिहिबार आफुले पाउने सेवा सुबिधाबाट
नगरपालिकाका–१४ वटै  वडाका १८ जना बालबालिकाहरुलाइ  प्रति व्यक्ति  २५ सय रुपैयाका दरले ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन् ।

नेपालीहरुको महान पर्व वडा दशै तथा शुभ दिपावली आर्थिक अवस्था नाजुक भएका उक्त बालबालिकाहरुले समेत मनाउन पाउन भनेर आर्थिक सहयोग गरेको नगर  प्रमुख कुँवरले बताए ।

आफु सानै हुदाँ बुवा गुमाएकाले दशैंमा आर्थिक समस्या हुदाँ कस्तो हुन्छ भनेर आफुले महसुस गरेको बताउदै नगर प्रमुख कुँवरले आफु नगरको अभिभावक भएको नाताले बालबालिकालाई दशैं खर्च उपलब्ध गराएको बताए ।

उनले आफूले पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *