शान्ति सेनामा कङ्गोमा तैनाथ खाेटाङका राईको निधन

शान्ति सेनामा कङ्गोमा तैनाथ खाेटाङका राईको निधन

काठमाण्डाै – संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ ।

खोटाङको फक्टाङ्ग गाउँपालिका–८ घर भएका प्युठ राई ट्याक्टिकल अपरेशन बेस जिनामा कार्यरत रहँदा बिरामी हुनुभएको थियो । उहाँको बुनियामा रहेकाे अस्पतालमा उपचारका क्रममा निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

राईको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको निर्देशनालयले जनाएको छ ।

तस्बिर स्राेत : नेपाल आर्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *