जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अछामका प्रमुख रेग्मी सहित ३ जना कर्मचारीको बिदाइ

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय अछामका प्रमुख रेग्मी सहित ३ जना कर्मचारीको बिदाइ

अछाम : जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय अछामका प्रमुख खेमराज रेग्मी सहित ३ जना कर्मचारीको को बिदाइ गरिएको छ।कर्मचारी संगम  अछामको आयोजनामा भएको बिदाइ तथा फेरि भेटौला कार्यक्रममा जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय  अछामका प्रमुख  खेमराज रेग्मी ,जिल्ला नापी कार्यालय अछामका प्रमुख दीर्घराज पाण्डे , र नापी कार्यालयका सर्वेक्षक गोपाल कुवरको बिदाइ गरिएको हो ।

सिचाइ विकास डिभिजन कार्यालय अछामका प्रमुख रेग्मी बिगत ४ वर्ष देखि अछाममा कार्यरत रहेका थिए । उनको सिचाइ विकास डिभिजन  कार्यालय कञ्चनपुरमा सरुवा भएका हुन् । त्यस्तै दुई वर्ष देखि नापी कार्यालय अछाममा कार्यरत कार्यालय प्रमुख  दिर्घराज पाण्डेको धनगढी र  बिगत लामो समय १० वर्ष देखि जिल्ला नापी कार्यालय अछाममा कार्यरत सर्वेक्षक गोपाल कुवर नापी कार्यालय टिकापुरमा सरुवा हुनुभएको छ ।

कर्मचारी संगम  अछामका उपाध्यक्ष खकेन्द्र सोडारिको अध्यक्षतामा भएको फेरि भेटौला कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल रहनु भएको थियो ।

प्रमुख अतिथि पोखरेलले लामो समय अछाम जिल्लाका नागरिक हरुको सेवामा निरन्तर रूपमा सक्रिय भएर लाग्नु भएको भन्दै बिदाइ भएर जाने तिनै जना कर्मचारी हरुलाइ धन्यवाद सहित आगामी कार्य क्षेत्रको सफलताको शुभकामना दिनुभयो ।  पोखरेलले उनीहरुलाई खादा ओढाएर र मायाको चिनो दिदै बिदाइ गर्नुभएको थियोे ।

सिचाइ विकास डिभिजन कार्यालय अछामका प्रमुख खेमराज रेग्मीले
कर्मचारी हरुको बढुवा सरुवा नियमित चलिरहने प्रक्रिया भएकोले यो अवधिमा विभिन्न ठाँउ बाट सहयोग गर्नुहुने सम्पुर्ण लाई धन्यवाद दिनुभयो । आफ्नो अछाम बसाइको क्रममा अछामका नागरिकहरुलाइ स्मरण हुने गरि काम गरेको समेत बताए । कार्यक्रममा जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुखको रूपमा आउनुभएको अम्बादत्त जोशी लाई स्वागत समेत गरिएको थियो । कार्यक्रममा प्रशासकीय अधिकृत सन्तोष बिक लगायतको उपस्थित रहेको थियो । उक्त कार्यक्रमको संचालन संगमका सचिव जिबराज उपाध्यायले गर्नुभएको थियो ।

Leave a Reply