कर्मचारी अभावमा समेत जिल्ला प्रशासन कार्यालय अछामले आधा घण्टामै सेवा दिदै

कर्मचारी अभावमा समेत जिल्ला प्रशासन कार्यालय अछामले आधा घण्टामै सेवा दिदै

अछाम:कर्मचारी अभावमा समेत जिल्ला प्रशासन कार्यालय अछामले आधा घण्टा मै सेवा प्रदान गर्न थालेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडभाड समेत कम भई सेवाग्राहीलाई समेत सहज हुन थालेको छ ।

अछाम प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले आवश्यक सम्पुर्ण कागजात पुर्याएको खण्डमा ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए ।

१० स्थानीय तह रहेको अछामका बिकट बिकट क्षेत्रबाट सेवाग्राहि आउने गरेका उनिहरुलाई बिषेश सहज भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

हाल जिल्ला प्रशासन कार्यालय अछामले दैनिक १ सय ९० बढी नागरिकलाई राहदानी,राष्ट्रीय परिचय पत्र,नागरिता लगायताका सेवा प्रदान गरिरहेको छ ।जिल्ला प्रशासन कार्यालयमा २२ जना कर्मचारीको दरबन्दी मध्ये ८ जना कर्मचारी रिक्त छन् ।

दरबन्दी अनुसार एकजना सहायक प्रमुख जिल्ला अधिकारी , दुई जना प्रशासकीय अधिकृत हुनु पर्ने भए पनी कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी ३ बर्ष देखि छैनन् साथै रिक्त भएको ३ महिना पछि एक जना प्रशासकिय अधिकृत सन्तोष बिक जिल्ला प्रशासन अछाममा काम गरिरहेका  छन । त्यस्तै ५ जना नायब सुब्बाको दरबन्दीमा २ जना मात्रै छन् भने ३ जना खरिदारको दरबन्दीमा २ जना र २ जना कम्प्युटर अपरेटरको दरबन्दीमा करारमा कर्मचारी काम गरिरहेका छन् । कर्मचारी अभावमा समेत जिल्ला प्रशासन कार्यालय अछामले ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि टाढा टाढाका नागरिकलाई निक्कै सहज भएको छ ।

अछाममा प्रशासनबाट नागरिकता लिनकै लागी नागरिकहरु २ दिन लगाएर मंगलसेन आउने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *