इजरायलको आक्रमणमा बेपत्ता भएका बिपिन सम्पर्कमा आए
सडक मिडिया
आश्विन २४, २०८० ०८:३१:३७ • १८०५ पटक पढिएको
धनगढी : प्यालेस्टानी विद्रोही समूह (हमासको) आक्रमणबाट इजरायलमा बेपत्ता भएको भनिएका विपिन जोशी सम्पर्कमा आएका छन्।
कञ्चनपुरकाे भीमदत्त नगरपालिका -३ का जोशी अहिले अस्पतालमा उपचाररत रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।
विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका हुन्।
शनिबारदेखि बेपत्ता रहेका उनी आज सम्पर्कमा आएका बताइएको छ। विपिनको पहाड घर बैतडी दोगडाकेदार गाउँपालिका-१ रिम हो।
सिफारिस






