नेपाली काङ्ग्रेस मंगलसेन नगरकार्यसमितिको प्रथम नगर सम्मेलन सम्पन्न

नेपाली काङ्ग्रेस मंगलसेन नगरकार्यसमितिको प्रथम नगर सम्मेलन सम्पन्न

अछाम : नेपाली कांग्रेस मंगलसेन नगर कार्यसमितिको प्रथम नगर सम्मेलन मंगलसैनमा सम्पन्न भएको छ । नगर कार्यसमितिका कार्यबहाक सभापति हेमराज भण्डारी को सभापतित्वमा नगर सम्मेलन सम्पन्न भएको हो ।

नगर सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सह महामन्त्री एवंम सम्मेलनका प्रमुख अतिथि अम्विका चलाउनेले जनताको हक र अधिकार प्राप्तिका लागि सदैव लडिरहेको एक मात्र पाटी नेपाली कांग्रेस भएको बताईन् ।

जनताको अधिकार प्राप्तिका लागि नेपाली कांग्रेसले राणा, राजा र निरंकुस्ताका बिरुद्ध लडाई लढेको उनको भनाई थियो ।नेपालि कांग्रेसका सबै तहका नेता कार्यकर्ताले जनताको पक्षमा जनचाहना अनुसार काम गर्नुपर्नेमा नेतृ चलाउनको जोड थियो ।

कार्यक्रममा कार्यबहाक जिल्ला सभापति नयाँराम बजगाई, प्रदेश कार्यसमिति सदस्य बेद प्रकाश तिमिल्सैना विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा महासमिति सदस्य बलबहादुर कुवर, पदमरज अधिकारी, जिल्ला सचिव टक्कर शाह, महाधिवेशन प्रतिनिधि नमबहादुर शाही,पुर्णा शाह , क्षेत्रीय सभापति पुष्पराज शर्मा, जिल्ला कार्यसमिति सदस्य एवंम नगर संयोजक जनकराज भण्डारी, प्रेमबहादुर रावल, मिना ढुंगाना, प्रदेश उप सभापति रामचन्द्र ढुंगाना, नेविसंघका केन्द्रीय सदस्य बम स्वार, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य शुशिल भण्डारी
प्रदेश प्रतिनिधि हरिप्रसाद ढुंगाना, भोजराज भाट,
लगायतको सहभागिता रहेको थियो ।

सम्मेलनमा बोल्ने अधिकांश  बक्ताहरुले कांग्रेस एक ढिक्का हुनु जरुरी रहेको बताएका छन । कांग्रेसका नेता कार्यकर्ताका बिचमा रहेका समस्याहलाई आपसि छलफल बाट समाधान गरी आन्तरिक रुपमा रहेको बैमनश्यता र मतभेदलाई त्याग्दै एकजुट हुनुपर्नेमा उनिहरुले जोड दिएका छन ।

नगर सचिव मिलन रावलले संचालन गरेको नगर सम्मेलनमा निर्वाचित वडा अध्यक्ष, वडा सभापति, क्षेत्रीय प्रतिनिधि, नगरकार्य समितिका पदाधिकारी लगाएतको सहभागीता रहेको थियोे भने कार्यक्रममा स्वागत मन्तव्य नगर सहसचिव रामप्रसाद भाटले राखेका थिए । साथै कार्यक्रममा जिल्ला आमन्त्रित सदस्यमा मनोनीत हरुलाइ बधाई सहित सम्मान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *