प्राज्ञिक बिद्यार्थी परिषद् नेपाल अछामद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

प्राज्ञिक बिद्यार्थी परिषद् नेपाल अछामद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

टंक प्रसाद रिमाल,अछाम : प्राज्ञिक विद्यार्थी परिषद नेपाल अछामले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । अछामको सदरमुकाम मंगलसेन स्थित श्री शोडषा माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई साेमबार शैक्षिक सामग्री वितरण गरेको हाे ।

विद्यार्थी परिषद भारत सरकार र भारतीय जनताको सहयोगमा एक कार्यक्रम गरी शोडषा मा. वि. कक्षा ११ र १२ मा अध्ययनरत ६० जना विद्यार्थीहरू शैक्षिक सामग्री झोला, कापी, कलम, ज्यामिती बक्स, नेपाली अङ्ग्रेजी सिकाई पुस्तक, क्याप टोपि र अछाम बहुमुखी क्याम्पसको पुस्तकालयलाई नेपाली अंग्रेजी बोलचाल का पुस्तक लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

प्राज्ञिक विद्यार्थी परिषद नेपाल अछामका अध्यक्ष जय बहादुर बोगटी को अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथि पुर्व जिल्ला बिकास समितिका उप-सभापति तेज बहादुर बिष्ट रहनुभएकाे थियाे । प्रमुख अतिथि विष्टले यसरी जेहन्दार गरिब, बिपन्न वर्ग तथा प्राज्ञिक परिषदका सदस्य विद्यार्थीहरू लाई पढन सहयोग पुर्याउने उदेश्यका साथ संस्थाको माध्यामबाट विद्यार्थीहरूलाई  शैक्षिक सामाग्री वितरण गरेको भन्दै खुसि व्यक्त गरेका थिए ।

शोडषा मा. बि. का प्रधानाध्यापक मदन बहादुर कुँवरले बिगतका दिन देखि आफ्नो बिधालयमा बृक्षारोपण र सामुहिक सरसफाई को सुरुवात नै प्राज्ञिक विद्यार्थीहरुले गरेको बताउदै विधार्थीहरुका लागी भौतिक, आर्थिक र सामाजिक क्षेत्रमा बिधालयलाई सहयोग गर्दै आएकोमा धन्यबाद ज्ञापन गर्नु भयो ।

त्यसैगरी संस्था का अध्यक्ष जय बहादुर बोगटीले प्राज्ञिक विद्यार्थी परिषद नेपालका बारेमा प्रस्ट पार्दै  प्राज्ञिक विद्यार्थी परिषद नेपाल नेपालको एउटा स्वतन्त्र विद्यार्थी सङ्गठन भयकाले  शैक्षिक क्षेत्रलाई राजनीतितन्त्र मुक्त क्षेत्र बनाई शिक्षाको गुणस्तर वृद्धि गर्दै शैक्षिक र सामाजिक गतिविधिमा अगाडि बढ्ने प्रेरणा प्राज्ञिक बिद्यार्थी परिषद बाट मिल्ने बताउनु भयो। हिंसा, अन्याय, र अत्याचार विरुद्ध  शसक्त बन्ने, सरसफाई, ब्यक्तित्व विकासका कार्यक्रम, जनचेतना मुलक र्याली अनि स्वयंसेवकको भुमिका निर्बाह गर्ने परिषद्काे नियमित कार्यक्रम  हुने गरेकाे बताउनुभयो ।

विशिष्ट अतिथि मंगलसेन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झंकर प्रसाद भाट, सुदूरपश्चिम प्राज्ञिक विद्यार्थी परिषद नेपालका सचिब जगदिश साउद रहेकाे कार्यक्रममा  नेपाल रेडक्रस सोसाइटी अछाम का पुर्ब सभापति चन्द्रमणि भाट, बृगेस बोगटी, नेपाल प्रेस युनियनका निबर्तमान अध्यक्ष टंक प्रसाद रिमाल, ब्रह्म कुमारी इश्वरी बिश्वबिधालय अछाम प्रमुख कबिता कठायत लगायत शोडषा मा.बि.का शिक्षक विधार्थीहरुको सहभागिता  रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *