नेपाल स्वयंसेवक संघ, युवा संगठन केन्द्रीय महासचिवमा मिलन शाही चयन

नेपाल स्वयंसेवक संघ, युवा संगठन केन्द्रीय महासचिवमा मिलन शाही चयन

नेपाल स्वयंसेवक संघ, युवा संगठन केन्द्रीय महासचिवमा दैलेखका मिलन शाही चयन भएका छन् । सामाजिक सेवामा समर्पित स्वयंसेवक संघले आज शाही सहितको ११ सदस्यीय समिति चयन गरेको हो।

जसको अध्यक्षमा सागर मिश्र , बरिस्ठ उपाध्यक्ष भवानी बजगाई, उपाध्यक्ष डा. बिमला भण्डारी, सचिव सरस्वती पाठक, कोषाध्यक्ष दिलिप पौडेल, सदस्यमा साजनजंग कुवँर, भागिरथी भट्ट, तिलक गिरी, संजित रोय, रेखामान बुढा चयन भएका हुन् ।

गठित स्वयंसेवक संघ युवा संगठनका केन्द्रीय महासचिव मिलन शाहीले समाज रुपान्तरण तथा स्थानीय स्तरमा विभिन्न जनचेतनामुलक अभियान संचालन गर्ने बताउनु भएको छ ।
हामी अब समाजमा रहेका कुरिती, कुसंस्कार र भ्रष्टाचार जस्ता क्रियाकलापलाई न्यूनिकरण गर्दै समाज रुपान्तरण सहितको राष्ट्र निर्माण गर्ने देशव्यापी अभियानमा लाग्ने छौ’ उनले भने महासचिव शाही २०७७ साल देखि हाल सम्म नेपाल स्वयंसेवक संघ, युवा संगठन कर्णाली प्रदेश अध्यक्ष समेत हुनुहुन्थ्यो ।

Leave a Reply