भुकम्पको डरले बिद्यालयको भवनबाट हाम फाल्दा एक विद्यार्थी घाइते

भुकम्पको डरले बिद्यालयको भवनबाट हाम फाल्दा एक विद्यार्थी घाइते

अछाम १६ असोज:भूकम्पको धक्का महसुस भएसँगै बिद्यालयको भवनबाट हाम फाल्दा अछाममा एकजना विद्यार्थी घाइते भएका छन् ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा रहेको बिन्देवासीनि माद्यामिक बिद्यालयको विज्ञान भवनबाट अत्तालिएर हाम फाल्दा विद्यार्थी सन्तोष साउँद घाइते भएका हुन् ।

भवनबाट हाम फाल्दा घाइते भएका सन्तोषको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिएकाछ्न।

सुदुरपश्चिमका विभिन्न ठाउमा भुकम्पको पराकम्पन गएको छ ।
अछाम लगायत सुदूरपश्चिमका बिभिन्न जिल्लामा मंगलवार दिउसो २ बजेर ४० मिनेट र त्यसको केहि बेर पछि ३ बजेर ६ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *