ढकारी गाउँपालिकामा रहेका बजार हरुको अनुगमन

ढकारी गाउँपालिकामा रहेका बजार हरुको अनुगमन

ढकारी गाउँपालिकामा रहेका बजार हरुको अनुगमन गरिएको छ ।

शनिबार अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको नेतृत्वमा ढकारिको ढक्नेटा बजारका विभिन्न पसल हरुमा अनुगमन गरिएको हो । पसलहरुमा अनुगमनको क्रममा म्याद नाघेका बस्तु हरु भेटिएन ।

कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्य वस्तु खरिद बिक्री गर्न तथा सरल र सहजरूपमा उपभोक्ताले उपभोग्य सामग्री पाउन सक्ने उद्देश्यले जिल्लाको विभिन्न बजारहरुमा अनुगमन भइरहेको प्रजिअ पोखरेलले बताए । चाडपर्व नजिकिँदै जादा बजारमा कालोबजारी बढ्ने गरेको र जसको प्रत्यक्ष असर उपभोक्ताहरु हरुलाइ पर्ने गरेकोले अनुगमनको कार्यलाई तीब्र पारिएको हो ।

पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलहरुमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, निर्देशन दिइएको छ ।

जिल्लामा कहि कतै उपभोक्ताको हित हनन हुने कार्य भएगरेको पाईएमा वा प्रचलित कानून विपरित व्यापार व्यावसाय गरेको जानकारी पाईएमा यथाशीघ्र जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । साथै हरेक सामग्रीको बिल लिने दिने व्यापारी तथा आम उपभोक्तालाई आग्रह गरिएको छ ।

अनुगमन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश साउद, प्रहरी नायब उपरीक्षक सन्तोष पाठक ,गाउँपालिका उपाध्यक्ष नेत्रकला शाही ,प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारीको सहभागीता रहेकोे थियो ।

गाउँपालिकाका विभिन्न वडा हरुमा रहेका बजारको अनुगमन निरन्तर रुपमा हुने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *