प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाह द्वारा मंगलसेन बहुप्राविधिक शिक्षालयको शैक्षिक भवनको शिलान्यास

प्रतिनिधिसभा सदस्य पुष्प बहादुर शाह द्वारा मंगलसेन बहुप्राविधिक शिक्षालयको शैक्षिक भवनको शिलान्यास

अछाम :मंगलसेन बहुप्राविधिक शिक्षालय अछामको शैक्षिक भवनको  शिलान्यास गरिएको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ३ मा शिक्षालयको भवनकोअछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य माननीय पुष्प बहादुर शाहले शिलान्यास गर्नुभएको हो । मंगलसेन बहुप्राविधिक शिक्षालय अछामका शिक्षालय संचालक समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले प्राविधिक शिक्षालयले देश सुहाउँदो श्रम र सीपलाई सम्मान गर्दै सीपमार्फत रोजगारी सृजना गर्ने जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।

बहुप्राविधिक शिक्षालयको पूर्वाधार बिकासका लागि जिल्लाका सबै स्थानीय तह, प्रदेश र संघिय सरकारको संयुक्त पहल हुने तर्फ जोड दिइनुपर्ने उहाँको भनाइ छ । त्यसका लागि स्थानीय जनप्रतिनीधि, प्रदेश र संघिय सांसदहरु एक जुट भएर सर्वप्रथम मजबुत पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो ।

 

त्यस्तै विशिष्ट अतिथिको आसन बाट बोल्दै मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले शिक्षा नै देश विकासको मूल स्तम्भ भएको बताउनुभयो । शिक्षालयको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो  । उहाँले शिक्षालय स्थापनाको विषयमा जस लिनेतिर नलागेर यसको बिकासमा एकताबद्ध हुनुपर्ने बताउनुभयो । उनले प्राविधिक शिक्षा क्षेत्रको विकासमा नगरपालिकाले हिजोका दिनमा पनि सहयोग गरेको र आगामी दिनमा अझ बढी सहयोग गर्दै शिक्षाको माध्यमबाट नगरलाई समृद्ध बनाउनुपर्ने बताए ।

शिक्षालय प्रमुख तिर्थ आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन बहुप्राविधिक शिक्षालयका लक्ष्ममण घर्तीले गर्नुभएको थियो ।

१२ कोठाको तीन तले शिक्षालय भवनका लागि ४ करोड २० लाख ७२ हजार बढी रुपैयाँ बजेट छुट्याईएको छ । मंगलसेन नगरपालिका वडा नम्बर ३ लामाडाँडामा बन्न लागेको भवनको निर्माण कार्य एक वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य छ ।  कौशिक निर्माण सेवाले भवन निर्माणको ठेक्का लिएको छ ।

 

Leave a Reply