नेपाली सेनाको हेलिकप्टर बाट अछाममा एकजना गर्भवतीको उद्वार

नेपाली सेनाको हेलिकप्टर बाट अछाममा एकजना गर्भवतीको उद्वार

सुशील भण्डारी,अछाम :अछाममा एकजना गर्भवती महिलालाई हेलिकप्टर बाट उद्दार गरिएको छ । ढकारी गाउँपालिका वडा नम्बर ७ निवासी २५ वर्षिय मंगलि थापाको ३६ हप्ताको गर्भ चलिरहेको , सेप्सिमा भएर ब्लड प्रेसर र सेतो रगत कमि हुनुका साथै लगातार ज्वरो आइरहेको र  पेटमा रहेको बच्चाको मुटुको धड्कन बढेकोले अछाममा उपचार हुन् नसकेको हो ।

जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएकोले आइसियु र प्रसुती दुबै सेवा भएको अस्पतालमा लैजान भन्दै जिल्ला अस्पताल अछामले रेफर गरेको थियो ।

मंगलि थापाको थप उपचारका लागि तत्कालै हेलिकप्टर बाट उद्वार गर्नुपर्ने देखिएकोले महिला बालबालिका तथा राष्ट्रपति महिला उद्वार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।

अछाम जिल्ला स्थित गोरख बक्स गणको हेलिप्याड बाट थापा लाई  हेलिकप्टरमा लगिएको थियो ।

Leave a Reply