शिक्षा राज्यमन्त्रीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप

शिक्षा राज्यमन्त्रीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप

काठमाडौँ । शिक्षा राज्यमन्त्री प्रमीला कुमारीका छोराले मापसे गरेर सरकारी गाडी दुर्घटना गराएको आरोप लागेको छ । ३ दिनअघि दक्षिणकाली नगरपालिका–२ मा सवारी दुर्घटना गराएका हुन् । मन्त्री पुत्र राहुल रायले चलाएको बि.एबी. ७३८५ नम्बरको स्कोर्पियोले कार र मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सरकारी स्कोर्पियो लिएर दक्षिणकालीबाट बिहान ४ बजे बल्खुतर्फ आउँदै गरेका रायले मन्त्रालयबाट जारी ‘हल्का सवारी चालक’को परिचयपत्र देखाएका छन् । उनले चलाएको स्कोर्पियोको ठक्करबाट चार जना सामान्य घाइते भएको जनाइएको छ ।

मन्त्री पुत्र रायले मादक पदार्थ सेवन गरेका थिए । तर, उनलाई मापसे गरेको कसुरमा कुनै कारबाही भएन । दुर्घटनापछि विवाद हुँदा रायले ‘एपल साइडर’ पिएको स्वीकारेका थिए ।

प्रहरी प्रभाग फर्पिङले १ रात उनको गाडी होल्ड गरेको थियो । भोलिपल्ट दुवै पक्षले आ–आफ्नो सवारी साधन आफैँले बनाउने सहमति गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले  बताए । उनले भने, ‘हामीकहाँ कुनै जाहेरी परेको छैन ।’

रातोपाटी बाट

Leave a Reply