समाजमा शान्ति सुब्यवस्था कायम गर्ने काम पहिलो प्राथमिकतामा प्रहरी नायब महानिरीक्षक : बोहरा

समाजमा शान्ति सुब्यवस्था कायम गर्ने काम पहिलो प्राथमिकतामा प्रहरी नायब महानिरीक्षक : बोहरा

अछाम:सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख भरत बहादुर बोहराले समाजमा शान्ति  सुब्यवस्था कायम गर्ने सहित अन्य ५ काम आफ्नो प्राथमिकतामा रहेको बताएका छन ।

अछाममा रहेका विभिन्न प्रहरी चौकीको उद्धघाटन गर्न अछाम पुगेका प्रहरी नायब महानिरीक्षक बोहराले सेवा प्रवाह,लागु औषध  नियन्त्रण,गुण्डा गर्दी नियन्त्रण,तस्करी नियन्त्रण र फरार अपराधी प्रकाउ गर्नु मुख्य उदेश्य रहेको बताएका छन ।

आफुले सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको करिव ६ महिनामा ५ सय ५० बढी लागु औषधका कारोबारी प्रकाउ गरी मुद्धा चलाएको बताएका छन ।

यस्तै लागु औैषधले घर परिवार नै ध्वस्त पार्ने हुदाँ लागु औंषध बारे कुनै सुचना भए प्रहरीलाई खबर गर्न आग्रह गरे । यस्तै आफुले प्रदेश मातहतका सबै युनिटलाई गुण्डा गर्दी नियन्त्रण गर्न निर्देशन दिएको यदी निर्देशन पालना नभए प्रहरीलाई कारवाही गरिने बताए ।

प्रहरी चौकी जयगढको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै  उहाँले तस्करी नियन्त्रण र फरार अपराधी प्रकाउ गर्न निर्मम भएर काम गरिरहेको बताए ।

प्रहरी नायब महानिरीक्षक बोहराले देशमा तस्करी रोकिए मात्रै राज्यको अरोबौ रुपैया राजश्वको दायरामा आउने बताए । यस  आर्थिक   बर्षको २ महिनमा मात्रै सुदूरपश्चिम प्रहरीले ३ करोड बढीको राजश्व छली ल्याएको सामाग्री बरामद गरि भन्सार कार्यालय बुझाएको बताए । त्यस्तै कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले सुविधा सम्पन्न भवन निर्माण भएसंगै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ठुलो टेवा पुग्ने बताए । घरेलु मदिरा ,लागु औषध दुर्व्यसनी, छाउपडी प्रथा ,बाल बिवाह लगायतका कु प्रथाको कारणले पनि समाजमा हिंसा बढ्दै गएकोले यता तर्फ पनि सरोकारवालाले ध्यान दिएर  यस्ता कुप्रथा विरुद्ध अभियान चलाउनुपर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै बान्निगढी जयगढ  गाउँपालिका अध्यक्ष टेकबहादुर साउदले प्रहरी चौकी उद्घाटन भएर यहाँका नागरिक हरुको शान्ति सुरक्षामा सहयोग हुने बताए । शान्ति सुरक्षा विना विकास निर्माण बढ्न नसक्ने बताए । विकास निर्माणलाई तिव्रता दिनका शान्ति सुरक्षाको आवश्यक पर्ने भएकाले प्रहरी चौकीको भवन निर्माण गरिएको उनको भनाई थियो । कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय सुदुरपश्चिम प्रदेश प्रमुख प्रहरी उपरीक्षक नत्रमणी गिरि,अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठक,सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्म पति धनसिंह धामी,राष्ट्रिय अनुसन्धान विभाग अछामका प्रमुख गोबिन्द पाण्डेय,प्रहरी नायब उपरीक्षक सागर बोहरा , सुमन  दाहाल गाउँपालिका उपाध्यक्ष बिन्दु रावल लगायतको उपस्थित रहेको थियो । सोमबार अछामको सिउडि प्रहरी चौकी ,प्रहरी चौकी जयगढको नवनिर्मित भवनको उद्घाटन र इलाका प्रहरी कार्यालय कमलबजारको शिलान्यास गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *