जिल्ला सुरक्षा समिती र रामारोशन गाउँपालिकाका सरोकारवाला बीच अन्तरक्रिया

जिल्ला सुरक्षा समिती र रामारोशन गाउँपालिकाका सरोकारवाला बीच अन्तरक्रिया

जिल्ला सुरक्षा समिती र रामारोशन गाउँपालिका सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा  बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवरले जिल्लामा लागु औसध सेवनले सेवनगर्ने ब्याक्ती संगै सिङ्गो समाजलाई असर पुग्ने गरेकोले यसबाट सचेत हुनुपर्ने बताए ।  युवा पुस्ता हरु लागु औषध दुर्ब्यसनिमा फसेकोले त्यसको जालो बाट उम्काउन सबैले साथ दिनुपर्ने बताए । नैतिक शिक्षाको अभावले पनि यस्ता खालका घटनामा वृद्धि भएकोले घर बाट आफ्ना बालबालिकालाई नैतिकवान बनाउनेतर्फ जोड  दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शरद  कुमार पोखरेलले अछाममा व्यापक मात्रामा उत्पादन हुने गरेको घरेलु मदिराको कारण घरेलु हिंसाका घटनाहरु बढेकोले यसलाई नियन्त्रण गर्न सबैले सकृय भएर लाग्नुपर्ने बताए । लागु औषध दुर्व्यसनी, छाउपडी प्रथा ,बाल बिवाहा लगायतका कु प्रथाको कारणले पनि समाजमा हिंसा बढ्दै गएकोले यता तर्फ पनि सरोकारवालाले ध्यान दिएर  यस्ता कुप्रथा विरुद्ध अभियान चलाउनुपर्ने बताए । जिल्लामा लागु औषध सेवनकर्ताको संख्या बढेकोले लागु औषध ओसारपसार रोक्न  अछामका सबै सिमानाका हरुमा कडी कडाइ गरिएको बताए ।

त्यस्तै उहाँले अछामको पर्यटकीय स्थल रामारोशनमा आएका विदेशी हरु हाम्रा पाउना भएकोले उनीहरुलाई सहयोग गर्नु हाम्रो कर्तब्य भएको बताए ।

उनिहरुलाई सर्त सहित छोडिएको र कानुन बिपरित गतिविधि गरे प्रकाउ गर्नु भनेर गृह मन्त्रालयले भनेकाले उनीहरुलाइ सचेत समेत गराइएको बताए ।

रामारोशनमा घुम्न आएका विभिन्न देशका नागरिकहरुलाइ गाउँपालिकाले स्वागत सहित पर्यटकिय स्थलमा पठाएको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए । उनीहरुको रामारोशन  आगमनले रामारोशनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बताए । साथै उनले पर्यटक हरुलाइ स्थानिय हरुले सम्मान गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोग सुदुरपश्चिम प्रदेशका पुर्व उपाध्यक्ष केशर साउद,जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठक,सशस्त्र प्रहरी बल खप्तड गुल्मका गुल्म पति धनसिंह धामी,राष्ट्रिय अनुसन्धान विभाग अछामका प्रमुख गोबिन्द पाण्डेय,नेपाली काङ्ग्रेसका नेता अनुराधा स्वार,नेकपा माओवादीका नेता पहल साउद लगायत ,जनप्रतिनिधि ,एवं सरोकारवालाको उपस्थित रहेकोे थियो । गाउँपालिका उपाध्यक्ष सिर्जना देबि बुढाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत केशव ज्ञवालीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *