अझै आएनन् जिल्ला प्रशासन अछाममा प्रशासकीय अधिकृत , दरबन्दी अनुसार कर्मचारी नहुदा समस्या

अझै आएनन् जिल्ला प्रशासन अछाममा प्रशासकीय अधिकृत , दरबन्दी अनुसार कर्मचारी नहुदा समस्या

सुशील भण्डारी ,अछाम : कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय अछाममा सेवा प्रवाहमा निकै समस्या देखिएको छ । जिल्ला प्रशासन कार्यालय ४ महिनादेखी प्रशासकीय अधिकृत बिहिन बनेको छ ।

केहि महिना पहिले काजको रूपमा जिल्ला प्रशासन कार्यालय दैलेख,बाजुरा र डोटी बाट प्रशासकीय अधिकृतहरु आएर केहि समय काम गरेपछि पुनः आफ्नो कार्यक्षेत्र फर्किएका हुन ।

कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुँदा दैनिक कामकाजमा समस्या हुँदै आएको प्रमुख जिल्ला अधिकारीे शरद कुमार पोखरेलले बताउनुभयो । पोखरेलले अछाम जिल्लाको प्रजिअको जिम्मेवारी सम्हालेको एक महिना बढी भयो तर अहिलेसम्म कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नभएकोले प्रजिअ पोखरेलले एक्लै कार्यालय सम्हाल्दै आईरहेकाछन ।

आफुले बारम्बार कर्मचारी पठाईदिन अनुरोध गर्दा समेत गृह मन्त्रालयले कर्मचारी नपठाएको प्रजिअ पोखरेलको भनाई छ । कर्मचारी अभावले नागरिकता,राहदानी,राष्ट्रिय परिचयपत्र लगायतका सेवा प्रवाहमा समस्या हुँदै आएको प्रजिअ पोखरेलको भनाई छ । आफु मातहतमा कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय अछाममा दरबन्दी अनुसार एकजना प्रमुख जिल्ला अधिकारी,एकजना सहायक प्रमुख जिल्ला अधिकारी,दुईजना प्रशासकीय अधिकृत हुनु पर्ने भए पनी कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन छन् । त्यस्तै ५ जना नायब सुब्बाको दरबन्दीमा एकजना नायव सुब्बा जिवराज उपाध्याय मात्रै छन् भने ३ जना खरिदारको दरबन्दी रहेकोमा दुईजना मात्रै छन।

कार्यालयमा २२ जना कर्मचारीको दरबन्दी मध्ये ५ जना स्थायी र करार गरी जम्मा १२ जना कर्मचारीहरु कार्यरत छन । कार्यालयमा १० जना कर्मचारी रिक्त रहेका नायव सुब्बा जिवराज उपाध्यायले जानकारी दिनुभयो । पहुँच र शक्तिको आडमा सिंहदरबार वरिपरीका कार्यालयमा  मस्त तरिकाले बस्न बानी परेका कर्मचारीहरु दुर्गम जिल्लामा आएर काम गर्न मान्दैन्न । शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा अखडा जमाएर बसेका कर्मचारीलाई मोफसलमा सरुवा गरेपनि सरुवा भएको कार्यालयमा नआएर सुविधा सम्पन्न कार्यालय तीर जाने प्रचलन रहेको छ । सरुवा भएको ठाउँमा नआईदिदा त्यस क्षेत्रका नागरिकहरुले आफुले प्राप्त गर्ने सेवा सुविधामा समस्या हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *