जंगलघाटमा पहिरोले अवरुद्ध बाटो वडा अध्यक्ष महेन्द्र शाहीको अगुवाईमा मर्मत

जंगलघाटमा पहिरोले अवरुद्ध बाटो वडा अध्यक्ष महेन्द्र शाहीको अगुवाईमा मर्मत

अछाम र सुर्खेतको सिमानामा पर्ने सुर्खेतकाे पञ्चपुरी ७ जङ्गलाघाटमा अबरुद्ध बाटाे तुर्माखाद गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष महेन्द्र बहादुर शाहीको नेतृत्वमा मर्मत गरिएको छ ।

पहिराेकाे कारण बाटाे अबरुद्ध भएपछि सुर्खेत अछामका नागरिकहरुलाई आवतजावतमा निकै समस्या भएको थियोे ।

यो अभियानमा गाउँलेहरू भेला भएर सुर्खेत तर्फकाे अबरुद्ध बाटाे मर्मत गरेर खुलाएकाे वडा अध्यक्ष शाहीले बताए ।

आफ्नो ठाउँ कस्तो बनाउने भन्नेमा स्थानीयको ठूलो भूमिका हुन्छ”, वडा अध्यक्ष शाहीले भने, “हामीमा सानो काम पनि राज्यले नै गरिदिन्छ भन्ने सोच छ । तर त्यस्तो होइन । हामीले यस्ता साना काम गर्न सक्यौँ भने राज्यको निकै ठूलो लगानी बच्छ । हामीले यही सोचको साथ गाउँको विकासमा श्रमदान गरिरहेको शाहीको भनाइ छ ।

बाटाे सुचारु भएसंगै अछाम सुर्खेतका नागरिकलाई पैदल यात्रामा सहज भएको स्थानीय कमल बुढाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *