कुनै अनुमति नलिएर पर्यटकीय स्थल रामारोशनमा एकाएक ठुलो संख्यामा बिदेशी नागरिक प्रवेश

कुनै अनुमति नलिएर पर्यटकीय स्थल रामारोशनमा एकाएक ठुलो संख्यामा बिदेशी नागरिक प्रवेश

अछाम :अछामको प्रमुख पर्यटकिय क्षेत्र रामारोशनमा एकैपटक विभिन्न  १२ बढी देशका नागरिक आएका छन । यसरी एक दुई दिनमै ठुलो संस्यामा बिदेशी नागरिक रामारोशन आउन थालेपछि स्थानीय अचम्मित बनेका छन ।ठुलो संख्यामा सरकारको ईजाजत बिना आएका ३९ जना बिदेशी नागरिकलाई ताल प्रबेशमा रोक लगायको र अन्य २२ जनालाई अछामका सिमा क्षेत्र बेलखेत र चौखुट्टेमा रोकेको अछामका डिएसपी संन्तोष पाठकले बताए ।

हाल रामारोशन आउने बिदेशी नागरिकमा भारत अमेरिकी, क्यानडा, पोल्यान्ड, इटाली, रसियन, सुइडेन, इजरायल, फ्रान्स,स्पेन, जर्मन र थाइल्यान्ड लगायतका देशका नागरिक रहेको र बाँकी अनुसन्धान भैरहेको उनको भनाइ रहेको छ । उनिहरुलाई सोध्दा भाईचारा कायम होस् भने घुम्न आएका बताउने गरेका अनुमती बारे रामारोशन पर्यटन बोर्डलाई समेत कुनै जानकारी नभएको बोर्डकी निर्देशक गंगा बुढाले बताईन ।

रामारोशन आएका बिदेशी नागरिकले १ महिना देखि ३ महिना सम्मको भिसा लिएको उनिहरु रामारोशन क्षेत्रमा टेन्ट गाडेर बसेका स्थानियहरु र रामारोशन पर्यटन बोर्डले पनि थाह नभएको बताएको अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए ।उनिहरु रामारोशनमा कार्यक्रम गर्नलाई कहि कतैबाट अनुमती नलिएका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार उनिहरुले आफुहरुको संख्या दुई हजार बढी रहेको हुदा अन्य आउदै गरेको बताउने गरेको समेत जानकारी दिए ।

भारतीय सिमानाका प्रयोग गर्दै उनीहरु अछाम प्रवेश गरेका हुन् । प्रवेश गर्नुको उदेश्य समेत  प्रष्ट भएको छैन। ठुलो संख्यामा उनीहरुको प्रवेशले रामारोशन पर्यटकीय स्थलमा बासस्थान गर्ने बन्यजन्तु लाई समेत अफ्ट्यारो हुने र बिदेशी हरुको छुट्टाछुट्टै रहनसहनले सामाजिक रूपमा असर पर्ने देखिन्छ । सामाजिक संजाल मार्फत आफ्नो समुह विभिन्न देश बाट जम्मा भएको उनीहरुले बताउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *