अछाममा संविधान दिवस भव्य रूपमा मनाइने

अछाममा संविधान दिवस भव्य रूपमा मनाइने

अछाम – संविधान दिवस अछाम  जिल्लामा पनि विशेष रुपमा मनाइने भएको छ ।

विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाउन लागिएको हो ।

संविधान दिवस २०८० मनाउनका लागी बिहिवार जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवरको अध्यक्षतामा बसेको तयारी बैठकले संविधान दिवस जिल्ला समन्वय समितिको आयोजनामा गर्ने ,दिवस मनाउने क्रममा असोज २, ३ र ४ गते जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय र आम नागरिकका घरमा राष्ट्रिय झण्डा फहराउँदै साँझ दीपावली गर्ने ,२ गते जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयको सहभागीतामा जिल्ला सदरमुकाम मंगलसेन बजार र सार्वजनिक स्थल सरसफाइ गर्ने,३ गते बिहान् ७:३० बजे दरबार स्थित खुल्ला मंचबाट प्रभातफेरि सुरु गरेर अछाम क्याम्पसको हलमा अन्तरक्रिया कार्यक्रम गर्ने ,असोज ४ गते जिल्ला अस्पताल अछाममा फलफुल बितरण,रक्तदान कार्यक्रम लगायत विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्ने संविधान दिवस मनाउन अछामका १० वटै पालिका हरुलाइ पत्राचार गर्ने , कार्यक्रमको अछाम जिल्ला स्थित सञ्चारमाध्यम बाट प्रचारप्रसारको लागि जानकारी गराउने लगायतका निर्णय गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल , नेपाली काङ्ग्रेस अछामका कार्यवाहक सभापति नयाँराम बजगाइ,पन्चदेवल बिनायक नगरपालिका नगर उपप्रमुख हर्कबहादुर रावल , कर्मचारी संगम केन्द्र अछामका अध्यक्ष झनक ढुंगाना ,जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठक ,सशस्त्र प्रहरी कार्यालय खप्तड गुल्मका गुल्मपति धनसिंह धामी ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अछामका अध्यक्ष रत्न प्रसाद ढुंगाना ,एकीकृत समाजवादी पार्टीका नेता नैन सोडारि,एकीकृत माओवादीका कमल थापा लगायतको उपस्थित  उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *