अछाममा चितुवाको आक्रमणबाट तीन जना घाइते

अछाममा चितुवाको आक्रमणबाट तीन जना घाइते

अछाम : अछाममा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन्।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६  भटाकाटियाकी अन्दाजी ३५ वर्षीया हैकला साउँद घाइते हुनु भएको हो । हैकलालाई गोठको छाना नजिकै घाँस काट्नेक्रममा गोठको छानामा लुकेर बसेको चितुवाले आक्रमण गरेको हो। यस्तै सोहि वडाकै २१ वर्षीय सुर्यबहादुर साउँद र ३७ वर्षीय जगत साउँदलाई गोठभन्दा करिब पाँच सय मिटर टाढा मकैवारीमा घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदले बताउनुभयो

चितुवाको आक्रमणबाट हैकलाको कुमको तलपट्टी चोट लागेको छ। घाइते तीनै जनाको स्थानीय स्वाथ्यचौकीमा उपचार भैरहेको छ। तीनै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक साउँदले बताउनुभयो ।  दुई हप्ताअघि पनि सोही गाउँपालिका –७ सुतारमा एक बालकलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो।

Leave a Reply