त्रिवि उपकुलपति कार्यालय तोडफोड आरोपमा नेविसंघका सात जना पक्राउ

त्रिवि उपकुलपति कार्यालय तोडफोड आरोपमा नेविसंघका सात जना पक्राउ

त्रिभुवन विश्वविद्यालय उपकुलपति, रजिष्ट्रार शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका सात जनालाई पक्राउ गरेको छ।

प्रहरीले नेविसंघका सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, बिष्णु बडैला र मनोज कुँवरलाई मंगलबार पक्राउ गरेको हो।

आफूहरूका मागमा त्रिवि पदाधिकारीले वार्ता नगरेको र उच्च अदालत पाटनमा नेविसंघ नेताविरूद्ध मुद्दा दर्ता गरेको विरोधमा नेविसंघले उपकुलपति, रेक्टर र रजिष्ट्रार कार्यालय तोडफोड गरेका थिए।

नेविसंघले ढुंगा प्रहारबाट कार्यालयका झ्यालका सीसा र गाडीका सीसा फुटाइदिएका थिए।

नेविसंघ महामन्त्री दीपक भट्टराईले पक्राउ परेका नेविसंघलाई तत्काल रिहाइ गर्न माग गरेका छन्। विद्यार्थी नेतामाथि प्रहरीले दमन गरेको उनले बताए। ‘गिरफ्तार गरिएका सातै जनालाई तत्काल रिहाइ नगरे कडा आन्दोलन गर्छौं,’ महामन्त्री भट्टराईले भने।

Leave a Reply