कर्मचारी संगम केन्द्र अछामको अध्यक्षमा झनक ढुंगाना सर्वसम्मत चयन

कर्मचारी संगम केन्द्र अछामको अध्यक्षमा झनक ढुंगाना सर्वसम्मत चयन

कर्मचारी संगम केन्द्र  अछामको अध्यक्षमा झनक ढुंगाना  चयन भएका छन् ।

कर्मचारी सङ्गम अछामको भेलाबाट  बाट स्वास्थ्य कार्यालय अछामका प्रमुख समेत रहेका ढुंगाना  सर्वसम्मत चयन भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय अछाममा भएको जिल्ला अधिवेशन बाट उनको नेतृत्वमा नयाँ  कार्यसमिति चयन भएको हो ।

आगामी दिनमा कर्मचारी संगम केन्द्रले कर्मचारीका हक हितका पक्षमा सशक्त भएर अघि बढ्ने निर्वाचित अध्यक्ष तथा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुङ्गानाको भनाई छ । उनलाई जिल्ला न्यायाधीश पिताम्बर शर्मा र प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले  बधाई तथा शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *