वृद्ध तथा अशक्त हरुलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै ढकारी गाउँपालिका

वृद्ध तथा अशक्त हरुलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै ढकारी गाउँपालिका

अछामको ढकारी गाउँपालिकाले अशक्त तथा वृद्ध हरुलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

गाउँपालिकाको ८ वटै वडा अन्तर्गतका भत्ता बुझ्न आफै बैंक सम्म आउन नसक्ने लाभग्राहीहरुको विवरण संकलन गरि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड सँगको समन्वय तथा पञ्जीकरण शाखाका कर्मचारीहरुको सहजिकरणमा वडा कार्यालयमा गएर भत्ता वितरण गरिएको हो ।

सामाजिक सुरक्षा भत्ता बुझ्न बैंक वा आफ्नो वडा कार्यालय सम्म आउन नसक्ने लाभग्राहीहरु लाई घरमै गएर भत्ता वितरण गरिंदै आएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख गोकुल कुँवरले बताए ।

बैंकले वडा कार्यालय मार्फत अशक्त तथा वृद्ध लाभग्राहीहरुको विवरण संकलन गरि गाउँपालिकाको सहयोग र समन्वयमा स्थानीय जनप्रतिनिधि संगको सहकार्यमा भत्ता वितरण गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ढकारी शाखाका प्रबन्धक महेश शाहीले बताए ।

उनका अनुसार एक त्रैमासिक मा ७०-८० जनाको औसतमा हाल सम्म पालिका भरी २०० बढी लाभग्राहीहरुलाई घरदैलोमा गएर भत्ता वितरण गरिएको हो ।

आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता रकम वितरण अन्तिम चरण मा रहेको पनि समेत उनले बताए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि नै सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्ने गरेको र अछाम जिल्लामै बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने ढकारी गाउँपालिका पहिलो पालिका भएको पञ्जीकरण शाखा प्रमुख कुँवरले बताए । बैंकिङ प्रणालीमा गए पश्चात् सामाजिक सुरक्षा भत्ता वितरण चुस्त भएको उनको भनाइ छ । आव २०७६/७७ देखि ०७९/८० सम्म सामाजिक सुरक्षा भत्ताको  डाटा फिल्टरिङ गरेर दुई करोड बराबर रकम फिर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *