अछाममा सहायक प्रजिअ र प्रशासकीय अधिकृत नहुँदा काम गर्न असहज भयो : प्रजिअ पोखरेल

अछाममा सहायक प्रजिअ र प्रशासकीय अधिकृत नहुँदा काम गर्न असहज भयो : प्रजिअ पोखरेल

सुशील भण्डारी , भदौ १२ अछाम :जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभाव भएको छ ।

सहसचिवको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय अछाममा बेला बेलामा  कर्मचारीको  अभाव हुने गरेको हो  । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी   र प्रशासकीय अधिकृत  बिहिन बनेको लामो समय भईसकेको छ । जिल्ला प्रशासन कार्यालयमा अछाममा दरबन्दी बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी बिगत देखि अहिलेसम्म पनि कार्यरत छैनन् भने  बिगत तीन महिना देखी प्रशासकिय अधिकृत समेत नहुदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय अछाममा  १ जना सहायक प्रजिअ र दुई जना प्रशासकीय अधिकृतको दरबन्दी हो  । कार्यालयमा प्रजिअ पछी जिम्मेवार सहायक प्रजिअ र प्रशासकीय अधिकृत हुन्छन् । सहायक प्रजिअ र प्रशासकिय अधिकृत दुबै नहुदा कार्यालयमा काम गर्न असहज भएको हो ।

२०८० असार २४ गते गृहमन्त्रालयले प्रशासकीय अधिकृत  राम प्रसाद शर्मा र यादब भण्डारीको जिल्ला प्रशासन कार्यालय अछाममा सरुवा गरेको थियो । प्रशासकीय अधिकृत  भण्डारी र शर्मा सरुवा भएको महिनौं पुग्दा समेत पनि जिल्ला प्रशासन कार्यालय अछाममा नआएर सिंहदरबार बाटै हराएका छन् । गृहमन्त्रालयले प्रशासकीय अधिकृत द्धय भण्डारी र शर्मालाई  जिल्ला प्रशासन कार्यालय अछाम सरुवा गरेपछि उनिहरु पहुँचको भरमा सिंहदरवार बाट दुर्गम जिल्ला आउन मानेनन् ।पहुँच र शक्तिको आडमा सिंहदरबार वरिपरीका कार्यालयमा  मस्त तरिकाले बस्न बानी परेका कर्मचारीहरु दुर्गम जिल्लामा आएर काम गर्न मान्दैन्न ।

कर्मचारी अभावको कारण नागरिकता,राहदानी ,राष्ट्रिय परिचयपत्र लगायतका दैनिक जसो जिल्ला प्रशासन कार्यालय बाट प्राप्त हुने सेवा प्रवाहमा समस्या हुँदै आएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो।

एक मात्र इलाका प्रशासन कार्यालय रहेको अछाममा पनि कर्मचारी नहुदा नागरिक हरुलाइ सेवा प्रवाहमा समस्या हुँदै आएको छ । इलाका प्रशासन कार्यालय बिनायकमा कर्मचारी नहुदा कार्यालय सहयोगीको भरमा कार्यालय चलिरहेको प्रजिअ पोखरेलले बताउनुभयो ।

सहायक प्रजीअ,प्रशासकिय अधिकृत र नायब सुब्बा कार्यालयमा नहुदा एक्लैले कार्यालय सम्हाल्नुका साथै वर्षाको समयलाई मध्यनजर गर्दै बिपत पुर्व तयारीका कार्य हरुका बारेमा बुझ्न जिल्लाका विभिन्न पालिका हरुमा जानेगरेको पोखरेलको भनाइ छ

आफुले अछाम आएको दुई हप्ता देखि निरन्तर गृहमन्त्रालयमा ताकेता गरिरहदा पनि कर्मचारी नआएको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *