बाजुरामा एक जना महिलाले बाटोमै बच्चा जन्माईन

बाजुरामा एक जना महिलाले बाटोमै बच्चा जन्माईन

बाजुरा:जिल्लामा एक जना महिलाले बाटोमै बच्चा जन्माएकी छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चाको जन्म दिएकी हुन् । सुत्केरी व्यथा लागेपछि सुनारलाई उनका आफन्तले अछामको बयालपाटा अस्पतालमा लिएका थिए ।

अस्पतालमा डाक्टरले चेकजाँच गर्दा बच्चा पाउने अवधी १४ दिन नाघिसकेकोले तत्काल अप्रेसन गर्नुपर्ने सल्लाह दिएका हुन् । अप्रेसन गर्नुपर्ने डरले भारतको जान्छु भनेर घर फर्किने क्रममा बाटोमै बच्चा जन्माएको बुढीगंगा नगरपालिका–१० का वडा अध्यक्ष दलबहादुर साउँदले बताए । बच्चाको अवस्था अहिले सामान्य रहेको बुझीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *