पृतनापति ट्रफीः देवीदल सर्वोत्कृष्ट गण घोषित

पृतनापति ट्रफीः देवीदल सर्वोत्कृष्ट गण घोषित

महेन्द्रनगर, १० भदौंः नेपाली सेनाको सुदूरपश्चिम पृतना ट्रफी–२०८० को उपाधी कैलालीको तेघरीस्थित देवीदल गणले हात पारेको छ ।
गत भदौ २ गतेदेखि सञ्चालन भएको ट्रफीमा बक्सिङ्ग, फुटबल, बास्केटबल र पौडी विधामा विजयी हुँदै देवीदल सर्वोत्कृष्ट गण घोषित भएको नेपाली सेनाले जनाएको छ ।

त्यसैगरी ट्रफीमा अछाममा कार्यरत गोरखबक्स गणले द्धितीय स्थान हासिल गरेको छ । भने डोटीमा रहेको भैरवप्रसाद गणले तृतीय स्थान हासिल गरेको छ । गोरखबक्स गणले भलिबल, एथ्लेटिक्स र तेक्वान्दो विधामा प्रथम स्थान हासिल गर्दै ट्रफीको उपबिजेता बनेको हो । तेघरी ब्यारेकमा आइतबार बिहान आयोजित ट्रफी समापन समारोहमा सुदूरुपश्चिम पृतनाका निमित्त पृतनापति सहायक रथी सुरत रावलले उपाधी तथा बिजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो ।
प्रतियोगिता अन्र्तगत श्री नंं. २५ बाहिनी अडडले भलिबल, बक्सिङ्ग, पौडी सञ्चालन गरेको थियो भने श्री नं. ५ बाहिनी अड्डा अन्र्तगत बास्केटबल, एथ्लेटिक्स, फुटबल तेक्वान्दो लगायतका खेल सञ्चालन गरेको थियो ।

प्रतियोगिताका पदक बिजेता खेलाडीहरुलाई सुदूरपश्चिम पृतनाका चिफ आफ स्टाफ सहायकरथी सुरत रावल, श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा लगायतले ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो ।
ट्रफी अन्र्तगत श्री नं. ५ र २५ बाहिनी अन्र्तगत विभिन्नम गण तथा गुल्मको संयोजनमा भलिबल, फुटबल, पौडी, बक्सिङ्ग र बास्केटबल लगायतका खेलहरु सञ्चालन भएका थिए ।
समापन समारोहमा निमित्त पृतनापति रावल, श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा, श्री नं. ५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी दिपेशजंग शाह लगायत विभिन्न गण तथा गुल्मपति र सैनिक अधिृकतको सहभागिता रहेको थियो ।
नेपाली सेनाले खेलाडीमा सामुहिक भावना ल्याउनुको साथै स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्र्पोटस फोर फे्रन्डसिप कुरालाई मनन् गर्दै हरेक बर्ष सेनाले ट्रफी आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *