सु•प पृतनापति ट्रफीः बक्सिङ्गमा देवीदल सात स्वर्णसहित प्रथम

सु•प पृतनापति ट्रफीः बक्सिङ्गमा देवीदल सात स्वर्णसहित प्रथम

महेन्द्रनगर, ७ भदौंः नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफी अन्र्तगत बक्सिङ्गमा देवी दल गण तेघरी ब्यारेक सात स्वर्ण, ६ रजत र २ काष्य सहित प्रथम स्थान हासिल गरेको छ ।
शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेक अन्र्तगत रहेको श्रीदल गुल्मको संयोजनमा सम्पन्न पृतनापति ट्रफीको बक्सिङ्गतर्फ देवीदल प्रथम, गोरखबक्स गण अछाम द्धितीय र भैरवप्रसाद गण डोटीले तृतीय स्थान हासिल गरेको छ ।
प्रथम हुने देवीदल गणले सात स्वर्ण, ६ रजत र दुई काष्य जितेको छ । भने द्धितीय स्थान प्राप्त गरेको गोरखबक्स गणले पाँच स्वर्ण चार रजत र तृतीय हुने भैरवप्रसाद गणले दुई स्वर्ण र एक काष्य हात पारेको श्रीदल गुल्म भगतपुर ब्यारेकले जनाएको छ ।
देवीदल गणका लागि सिपाही दिपेन्द्रबहादुर जोशी, कुमार श्रेष्ठ, प्युठ सुधा कसेरा, सिपाही रमिता महता, धना बडाल पावर्ती थापा र पुजा खड्काले स्वण दिलाए ।
भने दोस्रो स्थान ओगटेको गोरखबक्सका लागि सिपाही नेत्रबहादुर माष्के मगर, प्युठ अशोक शाही, सिपाही प्रकाश श्रेष्ठ, प्युठ बसन्त बिसी र विश्वास श्रेष्ठले स्वर्ण जिते ।
त्यसैगरी तृतीय स्थान हासिल गरेको भैरवप्रसाद गणका लागि प्युठ बिजय मर्हजन र सिपाही सविता चौधरीले स्वणी पदक प्राप्त गरेका छन् । भने बिरभद्रजंग गुल्मका लागि हिमाल खड्काले स्वर्ण दिलाएका छन् ।
प्रतियोगिताका पदक बिजेता खेलाडीहरुलाई सुदूरपश्चिम पृतनाका चिफ आफ स्टाफ सहायकरथी सुरत रावल, श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा लगायतले ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो ।

ट्रफी अन्र्तगत श्री नं. ५ र २५ बाहिनी अन्र्तगत विभिन्नम गण तथा गुल्मको संयोजनमा भलिबल, फुटबल, पौडी, बक्सिङ्ग र बास्केटबल लगायतका खेलहरु  सञ्चालन भएका थिए ।

नेपाली सेनाले खेलाडीमा सामुहिक भावना ल्याउनुको साथै स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्र्पोटस फोर फे्रन्डसिप कुरालाई मनन् गर्दै ट्रफी आयोजना गर्दै आएको सेनाले जनाएको छ । सुदूरपश्चिमबाट पृतना स्तरीय प्रतियोगिताबाट छनौट भएका विभिन्न खेलका खेलाडीहरु आगामी हुने प्रधानसेनापति ट्रफीमा भाग लिने नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *