नेविसंघ असन्तुष्ट पक्षको अनशन जारी : दोस्रो दिन निश्चल घिमिरे र दिनेश कार्की अनशनमा

नेविसंघ असन्तुष्ट पक्षको अनशन जारी : दोस्रो दिन निश्चल घिमिरे र दिनेश कार्की अनशनमा

ने वि संघको बिधान सम्मत केन्द्रिय समिति विस्तार पक्षधरले सानेपामा अनशन सुरु गरेको छ। नेपाली कांग्रेसका शिर्ष नेताहरु डा.शेखर कोईराला,प्रमुख सचेतक रमेश लेखक महामन्त्रीदय गगन थापा र बिश्वप्रकाश शर्मालाई विधान बुझाएको असन्तुष्ट समुहले नयाँ कार्यक्रमको तयारी गरेको हो। ने वि संघ नेता विनोदशाही ठकुरी,दिपक ओझा,योगेन्द्र रावल,अशोक बिष्ट,रमेश घिमिरे लगायतका बिद्यार्थी नेताहरूले बिधान रक्षार्थ यो महाअभियान सुरु गरेका हुन।
हामी बिद्यान सम्मत पक्षधर हौं,ने वि संघ ठिक तरिकाले चलिराख्या छैन ठिक तरिकाले बिधान सम्मत चल्नुपर्यो र जायज माग सम्बोधन गर्न पार्टी अग्रसर हुनुपर्छ, पार्टीका सबै तहतप्कामा सधैंका लागी बिधान मिच्ने प्रवृत्तिको अन्त्य आबश्यक रहेको बिद्यार्थी नेता विनोद शाही ठकुरीले बताए।

पार्टी कार्यालयमा ३१ गते देखी गणेशमान शाह र रामजी बस्नेत अनशन बसेका थिए । १२ घण्टाको फरकमा शिफ्ट चल्नेछ। आज निश्चल घिमिरे र दिनेश कार्की बसेका छन्। उनीहरुले प्रस्तुत गरेका मागहरु:
• ने वि संघ बिद्यान सम्मत केन्द्रिय कार्यसमिति विस्तार पक्षधरको तर्फबाट
•ने वि संघमा अन्याय गरिएका देशभरका संगठनमा दुख गरेका साथीहरूलाई बिधान सम्मत न्याय गरियोस् !
•ने वि संघको बिधान सम्मत केन्द्रीय कार्यसमितिमा समाबेशी सहित सबैको प्रतिनिधित्व हुनेगरि समाबेश गरियोस् र न्याय गरियोस्
• नेविसंघ लाई बिधान सम्मत पुर्णता दिईयोस!
•गुटगत आग्रहपुर्वाग्रहको अन्त्य गरि संगठनमा ने वि संघलाई नेविसंघ जस्तो बनाउन समान अवसर विवेक पुर्ण भुमिका प्रदान गरियोस। लगायतका माग रहेकोे नेबिसंघ नेता दिपक ओझाले  बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *