अछामममा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

अछामममा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

अछाममा अरिंगालको टोकेर एक जनाको मृत्यु भएको छ।

बिहीबार जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिका काटैका निवासी ७२ बर्षिय टेक बहादुर कुँवरको मृत्यु भएको हो।

कुँवर बिहीबार बाख्रा चराउन जंगल गएका बेला मौरिडाडा भन्ने ठाउमा अरिंगालले टोकेको थियो । अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख  प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *